सुपरहिट फिल्म ‘पर्खी बसेँ’को नयाँ सिरिज ‘पर्खी बसेँ २’ बन्ने



निर्माणको बिषयमा  निकिता पौडेल र विनोद सापकोटाबीच विहीबार सम्झौता

काठमाडौँ । सुपरहिट फिल्म ‘पर्खी बसेँ’को नयाँ सिरिज बन्ने भएको छ । गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसँगको सहकार्यमा फिल्म ‘पर्खी बसेँ २’ निर्माण हुन लागेको हो ।
फिल्म निर्माणको बिषयमा गोपीकृष्ण मुभिजको निकिता पौडेल र हिमालयनमुभी स्टुडियोको विनोद सापकोटाबीच विहीबार सम्झौता भएको छ । फिल्ममा निकिता र विनोद निर्माता रहने छन् भने प्रदीप दाहाल र तिर्थ प्रसाद पौडेल सहनिर्माताको रुपमा रहने छन् । यस फिल्मको निर्देशन जिम्बा भने ‘लभ डायरिज’का निर्देशक सौभर चौधरीले गर्ने भएका छन् । पहिलो सिरिज झैँ दोस्रोमा पनि सांगीतिक प्रेम कथा देखाइने निर्देशक सौरभले बताए ।

फिल्मलाई अल नेपाल वितरणको जिम्मा करण श्रेष्ठ अर्थात रीच इन्टरटेनमेन्टले पाएको छ । फिल्ममा रहने कलाकार र प्राविधिक औपचारिक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने निर्माण टीमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुर्गा बिरहीको ‘झयालै खोलिदेऊ’ (भिडियोसहित)

काठमाडौं । गायक दुर्गा सेन्चुरी र गायीका सुमित्रा बुढाको नयाँ गीत ‘झयालै खोलिदेऊ’

‘तिम्रो हुने कहिले’ सार्वजनिक(भिडियोसहित)

काठमाण्डौ। ‘तिम्रो हुने कहिले’ नेपाली फिल्म शीर्षक गीत (फिल्मको टाईटल गीत)को अफिसियल भिडियो

एलिना चौहानको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियोसहित)

सेभेन ११ म्युजिक फ्याक्ट्रीको प्रस्तुति ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’ सार्वजनिक भएको छ।

घमेश दुलालकाे ‘बनमा खयर’ सार्वजनिक(भिडियोसहित)

काठमाडौं । घमेश दुलालकाे लोकदोहोरी गीत ‘बनमा खयर’ सार्वजनिक भएको छ । विगतका