‘नेफ्टा फिल्म अवार्ड’ चैत्र १५ गते , प्रहरीले गरेका राम्रा कुराहरुलाई पनि बिषयवस्तु बनाइदिन  महानिरिक्षक खनालद्वारा आग्रह 



काठमाण्डौ । ‘नेफ्टा फिल्म अवार्ड’को दशौं संकरण नेपालमा आयोजना हुने भएको छ । चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको ‘नेफ्टा फिल्म अवार्ड’को दशौं संकरण नेपालमा आयोजना हुने भएको हो । यसअघिका ४ वटा संकरण प्राविधिक संघले विदेशमा आयोजना गरेको थियो । विगत २ बर्षदेखि भने यो अवार्ड आयोजना हुन सकेको थिएन ।

पत्रकार सम्मेलनमा नेफ्टाले यो बर्षको अवार्ड चैत्र १५ गते आयोजना गर्ने जानकारी दिएको छ । यो बर्ष नेफ्टाले अवार्ड कार्यक्रम ‘ड्रिम हाइ नेपाल सँग सहकार्य गर्दै आयोजना गर्न लागेको हो । राजधानीस्थित टुँडिखेलमा भव्यताका साथ अवार्डको आयोजना हुनेछ ।

नेपाल भ्रमण बर्षलाई लक्षित गर्दै यो बर्ष अवार्ड कार्यक्रम नेपालमै आयोजना गर्न लागेको नेफ्टाका अध्यक्ष पुष्कर लामाले जानकारी दिए । विभिन्न ३२ विधामा अवार्ड प्रदान गरिनेछ । साथमा, ‘पपुलर चलचित्र, पपुलर नायक, पपुलर नायिका, जनजाती फिल्म तथा लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पनि प्रदान गरिनेछ ।

घोषणा कार्यक्रममा नायक राजेश हमाल, भूवन केसी लगायतले चलचित्र प्राविधिकहरुको योगदान चलचित्र क्षेत्रमा उल्लेखनिय रहेको बताए । कार्यक्रममा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल प्रमुख अतिथीको रुपमा उपस्थित थिए । उनले, चलचित्रकर्मीहरुलाई पर्दामा प्रहरीले गरेका राम्रा कुराहरुलाई पनि बिषयवस्तु बनाइदिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कस्तो छ ‘गोर्खा वारियर’?

काठमाडौं । चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवर्द्धनमा मद्दत

स्मिता दाहालको ‘आँखामा गाजल’

काठमाडौं । गायिका स्मिता दाहालले नयाँ गीत ल्याएकी छन् । करिब एक वर्षको

मिस नेपालको उपाधि श्रीच्छा प्रधानलाई

काठमाडौं । मिस नेपाल–२०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन्। शनिबार भएको फाइनलमा

सरु गौतमको ‘छुट्छ कि साथ’

काठमाडौं । फिल्म ‘दिलमाया २’ को गीत ‘छुट्छ कि साथ’ सार्वजनिक भएको छ