ड्रामातर्फको सर्वोत्कृष्ट अभिनेत्री तथा अभिनेता : रेनी र जक्वीन



हिल्टन होटलमा सम्पन्न गोल्डेन ग्लोब्स अवार्डमा साम मेन्डिस निर्दे्शित ‘१९१७’ सर्वोत्कृष्ट सिनेमा घोषित भएको छ । संयूक्त अधिराज्य अमेरिकाको बेभरी ‘१९१७’ले ड्रामातर्फको अवार्ड हात पारेको हो ।

म्यूजिकल र कमेडीतर्फको अवार्ड भने लियोनार्दो डि क्याप्रियो तथा ब्राड पिट स्टारर ‘वानस अपन अ टाइम इन हलिउड’ र सर्वोत्कृष्ट निर्देशकको अवार्ड ‘१९१७’बाट साम मेन्डिसले जितको छ । त्यस्तै ‘द प्यारासाइट’ले सर्वोत्कृष्ट विदेशी भाषाको सिनेमा घोषित हुँदा ‘वान्स अपन अ टाइम इन हलिउड’ले उत्कृष्ट पटकथाको अवार्ड जितेको छ ।

ड्रामातर्फको सर्वोत्कृष्ट अभिनेत्री तथा अभिनेताको अवार्ड क्रमशः रेनी जेलवेगर र जक्वीन फनिक्सले ‘जुडी’ तथा ‘जोकर’बाट जितेका छन् भने ‘म्यूजिकल वा कमेडी’तर्फको अवार्ड भने अक्वाफिनाले ‘द फेयरवेल’बाट जितेकी छन् भने टारोन एगर्टनले ‘रकेटम्यान’बाट जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार