‘वाइवाइ नेपाल स्टार’ को प्रतियोगितामा नगद ५० लाख सहित विभिन्न अवसर 



बुटवल । कालिका मानवज्ञान माविको प्राङ्गणमा हामी नेपाली, हाम्रो आवाज’ भन्ने नारासहित सातै प्रदेशमा हुने अडिशन अन्तर्गत ‘वाइवाइ नेपाल स्टार’ को पहिलो अडिशन सम्पन्न भएको छ । नेपाल टेलिभिजनको प्रस्तुती र कि एडभरटाजिङ्गको व्यवस्थापनमा सञ्चालित गायन प्रतियोगिता ‘वाइवाइ नेपाल स्टार’ को पहिलो अडिशन बुटवलमा सम्पन्न भएको हो ।

सम्पन्न भएको पहिलो अडिशनमा गायन प्रतिभाहरूको उत्साहजनक सहभागिता रहेको बताउँदै पहिलो अडिशन सफल भएको कि एडभरटाइजिङका प्रबन्ध निर्देशक रविन्द्र कुमार रिजाल (शशी) ले बताए  । १६ देखि ४५ वर्ष उमेर समूहका जो कोहीले सहभागिता जनाउन पाउने उक्त प्रतियोगितामा विशेषगरी युवा–युवतीहरूको सहभागिता रहेको थियो । गायन प्रतिभाहरूको पहिचान गरि उत्कृष्ट प्रतिभा उत्पादन गर्ने लक्ष्य सहित आयोजना गरिएको प्रतियोगिता नेपालकै आफ्नो मौलिक ब्राण्ड भएको बताउँदै प्रतियोगिताबाट देशले उत्कृष्ट गायक प्राप्त गर्ने निर्णायक गायक रामकृष्ण ढकालले बताए । प्रतियोगितामा गायक ढकाल लगाएत संगितकार आलोकश्री र गायिका अञ्जु पन्त निर्णायकको भूमिकामा रहेका छन । नगद ५० लाख सहित विभिन्न अवस र तथा गिफ्ट ह्याम्पर पुरस्कार रहेको प्रतियोगिताको विजेताले उपाधि सहित नगद ३० लाख प्राप्त गर्नेछन भने अन्य ३ जनाले नगद ७–७ लाख प्राप्त गर्नेछन ।

प्रतियोगिताको आगामी अडिशन धनगढी, सुर्खेत, पोखरा, चितवन, वर्दिवास र इटहरीमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चलचित्रले पनि अब बलिउड, हलिउडका चलचित्र सरह सजिलै विश्वभर प्रदर्शन पाउने

काठमाडौं । नेपाली चलचित्रले पनि बलिउड, हलिउडका चलचित्र सरह सजिलै विश्वभर प्रदर्शन पाउने

यस्तो छ ‘हनी बनी’को फस्टलुक पोस्टर

काठमाडौं । निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र ‘हनी बनी’को फस्टलुक

पुराना मान्यतालाई भत्काउँदै नेपाली चलचित्र

  काठमाडौँ ।  विसं २०६३ पश्चात् अन्य क्षेत्रझैँ चलचित्र क्षेत्रमा पनि परिवर्तन देखियो

‘परदेशी २’ बाट नायकका रुपमा उदाउँदै प्रकाश सपूत

गण्डकी । अहिलेका उम्दा गायक प्रकाश सपूत फिल्म ‘परदेशी २’ बाट नायकका रुपमा