मिस नेपाल निकिता चान्दकले ’साङ्लो’मार्फत् पहिलो पटक जोडीको रुपमा हेर्नुस् ट्रेलर



काठमाडौं । अभिनेता विराज फिल्म ’साङ्लो’मार्फत् पहिलो पटक निर्देशकको रुपमा नेपाली सिनेमामा देखापरेका छन् । यसपालि निर्देशकको रुपमा नयाँ अनुभवसमेत संगालेका विराजले नयाँ सिनेमा दिने प्रयास गरेको बताएका हुन् ।’साङ्लो’ मा प्रमुख पात्रको भूमिका पनि स्वयम्ले निर्वाह गरेका छन् । अभिनेता र निर्देशकको दुवै जिम्मेवारीले प्रेसर फिल गरेपनि फिल्म हेर्दा भने राम्रो भएको उनले बताए ।

यही फिल्मबाट पहिलोपल्ट अभिनयमा सन् २०१७ की मिस नेपाल निकिता चान्दकले पाइला चाल्दैछिन् । निकिता विराजको जोडीको रुपमा लिड क्यारेक्टरमा रहेकी छन्। आफूले डेब्यू गरेको पहिलो फिल्मको अनुभव नै सबैभन्दा राम्रो भएको बताएकी छन् । ’यो भन्दा राम्रो डेब्यू मेरो हुन सक्दैन थियो । विराज दाइबाट धेरै कुराहरु सिक्न पाए निकिताले भनिन् । फिल्ममा कलाकार कामेश्वर चौरासिया, जयनन्द लामा, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी र भीष्म जोशी लगायतका कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चलचित्रले पनि अब बलिउड, हलिउडका चलचित्र सरह सजिलै विश्वभर प्रदर्शन पाउने

काठमाडौं । नेपाली चलचित्रले पनि बलिउड, हलिउडका चलचित्र सरह सजिलै विश्वभर प्रदर्शन पाउने

यस्तो छ ‘हनी बनी’को फस्टलुक पोस्टर

काठमाडौं । निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र ‘हनी बनी’को फस्टलुक

पुराना मान्यतालाई भत्काउँदै नेपाली चलचित्र

  काठमाडौँ ।  विसं २०६३ पश्चात् अन्य क्षेत्रझैँ चलचित्र क्षेत्रमा पनि परिवर्तन देखियो

‘परदेशी २’ बाट नायकका रुपमा उदाउँदै प्रकाश सपूत

गण्डकी । अहिलेका उम्दा गायक प्रकाश सपूत फिल्म ‘परदेशी २’ बाट नायकका रुपमा