गीत निःशुल्क रुपमा गाउने घोषणा



गायक शिव परियारले गीत निःशुल्क रुपमा गाउने घोषणा गरेका छन् । परियारले भगवानको स्तुति गरिएका कुनै पनि गीत निःशुल्क रुपमा गाउने घोषणा गरेका हुन् ।

नयाँ वर्ष सन् २०२० को सन्दर्भ पारेर उनले प्राणी तथा मानव कल्याणको उद्देश्य राखेर भगवानको स्तुतिका लागि गाइने भजन वा भक्ति संगीत कुनैमा पनि शुल्क नलिने भनी सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका छन्। कसैले आवश्यक ठानेमा आफूले निःशुल्क रूपमा गाइदिने त्यस्ता गीतलाई व्यवसायिक योजनाका लागि भने तयार पारिएको हुन नहुने उनको सर्त छ।सामाजिक सेवाका भाव झल्किने त्यस्ता गीतको लागि आफूले समयको व्यवस्थापन गरेर स्वर भर्ने कलाकार परियारले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘सप्तरङ्ग–३’को घोषणा

काठमाडौं । सप्तरङ्गको तेश्रो संस्करणमा महानायक राजेश हमाल लगायत चर्चित कलाकार सहभागी हुने

पूर्ण लम्सालको ‘चोखो माया’

काठमाडौं । मोडल एवं व्यवसायी पूर्ण लम्सालले श्रव्यदृश्यसहितको नयाँ गीति एल्बम ‘चोखो माया’

‘टुल्की’ले पायो युनिभर्सल सर्टिफिकेट

काठमाडौं । नेपाली कथानक चलचित्र ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको छ । द

निर्देशक सुब्बाले चलचित्र ‘गाउँ आएको बाटो’ निर्माण गर्ने

काठमाडौं । चलचित्र ‘नुमाफुङ’ का निर्देशक नविन सुब्बाले नयाँ चलचित्र ‘गाउँ आएको बाटो’