‘मिष्टर नेपाल २०१९’ को उपाधी सन्तोष उपाध्यायद्वारा हात पार्न सफल



काठमाडौं । होटल अन्नपूर्णमा सम्पन्न ‘मिष्टर नेपाल २०१९’ को उपाधी सन्तोष उपाध्यायले हात पारेको छ । बिहिबार राती सम्पन्न ‘मिष्टर नेपाल २०१९’ को ग्रान्ड फिनालेमा २१ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेको हो । मोष्ट ट्यालेन्ट र मोष्ट फोटोजेनिकको उपाधि समेत जितेका बिजेता उपाध्यायले उपाधिको साथमा मोटरबाइक, नगद २५ हजारको साथमा बिभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् ।
विजेतालाई आयोजक एक्सपोज नेपालकी सीइओ अर्चना थापा, निर्देशकहरु रवीन्द्र श्रेष्ठ, प्रकाश पुन, सुशील पाण्डे लगायतले बिजेतालाई पुरस्कार प्रदान गरेका थिए । शीर्ष विजेताले ‘मिस्टर वल्र्ड’लगायत बिभिन्न अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने छन् ।

एक्सपोज नेपालको आयोजना रहेको र शिवानी एयर मुख्य प्रायोजक रहेका प्रतिस्पर्धामा दिलराज न्यौपाने फस्ट रनरअप र विमल पाण्डे सेकेन्ड रनरअप चुनिँदा प्रिन्स अभी थर्ड रनरअप र अभिनास चौधरी फोर्थ रनरअप घोषित भए ।

बरिष्ठ कलाकार कृष्ण मल्ल, विज्ञानराज शर्मा, केदार कोइराला, कोरियोग्राफर महेश केसी, भरत ढकाल, हिमानी सुब्बा, हरि सिल्वाल, मिष्टर नेपाल अक्षयजंग रायमाझी निर्णायक मण्डलीले नयाँ मिस्टर नेपाल छनोट गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कस्तो छ ‘गोर्खा वारियर’?

काठमाडौं । चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवर्द्धनमा मद्दत

स्मिता दाहालको ‘आँखामा गाजल’

काठमाडौं । गायिका स्मिता दाहालले नयाँ गीत ल्याएकी छन् । करिब एक वर्षको

मिस नेपालको उपाधि श्रीच्छा प्रधानलाई

काठमाडौं । मिस नेपाल–२०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन्। शनिबार भएको फाइनलमा

सरु गौतमको ‘छुट्छ कि साथ’

काठमाडौं । फिल्म ‘दिलमाया २’ को गीत ‘छुट्छ कि साथ’ सार्वजनिक भएको छ