बलिउडकी स्टार अभिनेत्री करिनाद्वारा पहिलोपटक अडिसन



चर्चित करिनाले एक फिल्मका लागि अडिसन दिनु परेको छ । ‘लालसिंह चड्ढा’ नै त्यो फिल्म हो जसका लागि करिनाले पहिलोपटक अडिसन दिनु परेको हो । करिअरको २० वर्षमा करिनाले कुनै पनि फिल्मका लागि अडिसन दिनु परेन । अडिसनविनै उनलाई एकपछि अर्को गरेर फिल्महरु मिल्दै गए । तर यो एउटा मात्र यस्तो फिल्म हो जस्को लागि करिनालाई अडिसन दिनु पर्यो ।

एक अन्तर्वार्तामा करिनाले भनेकी छन्, ‘लालसिंह चड्ढा मेरो करिअरको पहिलो फिल्म हो जसका लागि मैले अडिसन दिनुपर्‍यो ।’ उनले आमिर खानबाहेक अरुका लागि यस्तो नगर्ने समेत बताएकी छन्। ‘म अन्य कुनै व्यक्ति र फिल्मका लागि यो गर्दिनथेँ, केबल आमरबाहेक’, उनले भनेकी छन्।

लालसिंह चढ्डा हलिउडको चर्चित फिल्म ‘गम्प’को रिमेक हो। यो फिल्ममा टाँम हैङ्क्सको भूमिका आमिर खानले निभाउँदै छन्। करिना फिल्ममा आमिरको अपोजिट करिना कपुर रहेकी छन्। अहिले फिल्मको सुटिङ सुरु भइसकेको छ। यो फिल्म अर्को वर्षको क्रिसमसमा रिलिज गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कस्तो छ ‘गोर्खा वारियर’?

काठमाडौं । चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवर्द्धनमा मद्दत

स्मिता दाहालको ‘आँखामा गाजल’

काठमाडौं । गायिका स्मिता दाहालले नयाँ गीत ल्याएकी छन् । करिब एक वर्षको

मिस नेपालको उपाधि श्रीच्छा प्रधानलाई

काठमाडौं । मिस नेपाल–२०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन्। शनिबार भएको फाइनलमा

सरु गौतमको ‘छुट्छ कि साथ’

काठमाडौं । फिल्म ‘दिलमाया २’ को गीत ‘छुट्छ कि साथ’ सार्वजनिक भएको छ