असी वर्षीया गायिका भोस्ले काठमाडौंमा



काठमाडौं । गायिका आशा भोस्ले काठमाडौं आइपुगेकी छिन् । साधना कलाकेन्द्रले आयोजना गर्न लागेको सांगितिक कार्यक्रममा सहभागी हुन बुधबार आइपुगेकी हुन । कार्यक्रम शनिबार सोल्टी होटलमा हुन लागेको हो ।

उक्त कार्यक्रममा संगितकार रञ्जित गजमेरको एकल संगितमा उनले प्रस्तुति समेत दिने भनेकी छिन् । भारतीय चर्चित असी वर्षीया गायिका भोस्लेले बिहिबार र शुक्रबार पशुपनिनाथ लुम्बिनी, पोखरा, मुक्तिनाथ भ्रमण गर्ने आयोजकले जनाएको छ ।

उनले यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भई नजाऊ कहिल्यै यो लगायत ६० भन्दा बढी नेपाली चलचित्रका गीत गाएर नेपाली भाषा, गीतसङ्गीतमा ठूलो योगदान दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कस्तो छ ‘गोर्खा वारियर’?

काठमाडौं । चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवर्द्धनमा मद्दत

स्मिता दाहालको ‘आँखामा गाजल’

काठमाडौं । गायिका स्मिता दाहालले नयाँ गीत ल्याएकी छन् । करिब एक वर्षको

मिस नेपालको उपाधि श्रीच्छा प्रधानलाई

काठमाडौं । मिस नेपाल–२०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन्। शनिबार भएको फाइनलमा

सरु गौतमको ‘छुट्छ कि साथ’

काठमाडौं । फिल्म ‘दिलमाया २’ को गीत ‘छुट्छ कि साथ’ सार्वजनिक भएको छ