‘किन बढ्दै छ ढुकढुकी मुटुको’का गायिका आशा भोस्ले नेपाल आउने



काठमाडौं । भारतकी प्रसिद्ध गायिका आशा भोस्ले नेपाल आउने भएकी छिन । साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले बुधबार नेपाल आउने भएकी हुन् ।

शनिबार उनले सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा यहाँ तीनचार वटा गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए । असी वर्षीया गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि भ्रमण गर्ने बताइएको छ ।

उनले यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भई नजाऊ कहिल्यै लगायत नेपाली गीत गाएर नेपाली भाषा, गीतसङ्गीतमा ठूलो योगदान दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘महाभोज’ अन्यायमा परेका पीडितको आवाज होः अभिनेत्री भुसाल

काठमाडौँ । अभिनेत्री वसुन्धरा भुसालले सहकारी अपचलनसम्बन्धी कथामा आधारित रहेर चलचित्र ‘महाभोज’ तयार

चलचित्र ‘अञ्जिला’ एक सय रुपैयाँमै हेर्न पाइने

काठमाडौँ । नेपाली चलचित्र ‘अञ्जिला’ आजदेखि एक सय रुपैयाँमा हेर्न पाइने भएको छ

भिमादमा कौरा संरक्षणका लागि प्रतियोगिता आयोजना

दमौली (तनहुँ) । तनहुँको भिमाद नगरपालिका–१ बडहर भञ्ज्याङमा कौरा संरक्षणका लागि प्रतियोगिता गरिएको

प्रेमध्वज प्रधानको ८९ औं जन्मजयन्तीका अवसरमा चार संगीतकर्मीलाई सम्मान

चौतारा । संगीतकार स्व. प्रेमध्वज प्रधानको ८९ औं जन्मजयन्तीका अवसरमा चार संगीतकर्मीलाई सम्मान