मिस वल्र्ड पेजेन्टमा गरेका प्रतिवद्धताहरु पूरा गर्छुः अनुष्का श्रेष्ठ



काठमाडौं । मिस नेपाल वल्र्ड २०१९ अनुष्का श्रेष्ठले हालै लण्डनमा सम्पन्न मिस वल्र्ड पेजेन्ट २०१९मा आफूले महत्वपूर्ण विषयलाई उठाएको बताएकी छन् ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मिस वल्र्ड पेजेन्टमा गरेका प्रतिवद्धताहरु पुरा गर्ने उनले बताइन् । उनले सिन्धुपाल्चोकको पिछडिएको क्षेत्रमा महिला बालिकाको शिक्षाको अवस्थामा दिगो सुधार गर्ने काम गर्ने लक्ष्य लिएको जानकारी दिइन् ।  त्यसका लागि आमाहरुको आर्थिक सुधारमा केन्द्रित भई बालिकाहरुको शिक्षामा जोड दिने समेत उनले बताइन् ।

मिस वल्र्ड २०१९ मा सबैभन्दा प्रतिष्ठित २ वटा शीर्षक ‘ब्युटी विथ अ प्रपोस’ र ‘मल्टिमिडिया अवार्ड’ प्राप्त गर्न सकेको भन्दै अफूले नेपाललाई विश्वसामु चिनाउन प्रयास गरेको बताइन् । यसबाहेक श्रेष्ठ ‘हेड टु हेड च्यालेन्ज राउण्ड’ र १ सय भन्दा बढी मुलुकका प्रतिष्प्रधिहरुमा शीर्ष १२ स्थानमा पर्न सफल भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ ‘देव वाणी’को फर्स्टलुक पोस्टर

काठमाडौं । आगामी पुस २७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘देव वाणी’को

परदेशीको पीडा र बाध्यतालाई समेटिए नयाँ गीत सार्वजनिक

काठमाडौं । ‘परदेशी–२’ फिल्ममा समावेश नयाँ गीत ‘हिजो काम…’बोलको गीत सार्वजनिक गरिएको छ

नेपाली सेनाको योगदान झल्काउने गीत

  काठमाडौँ । नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठद्वारा सिर्जित ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली

यस्तो छ ‘वानर सेना’को ट्रेलर

काठमाडौं । असोज १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘वानर सेना’को अफिसियल ट्रेलर