फिल्म ‘कोपिला’ को ट्रेलर सार्वजनिक



काठमाडौं । निर्मला पन्तको हत्याको बिषयमा बनेको फिल्म ‘कोपिला’ को ट्रेलर सार्वजनिक भएको छ । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको वास्तविक कथामा निर्माण भएको फिल्म ‘कोपिला’ को ट्रेलर सार्वजनिक भएको हो । फिल्ममा निर्मलाको हत्याको घटनापछि भएको राजनीतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक अवस्था कथा बनाइएको छ ।

शिवम् अधिकारीको निर्देशन रहेको सार्वजनिक ट्रेलरमा निर्मलकी आमा दुर्गादेवी पन्तको भनाई पनि समेटिएको छ । छोरीको हत्या गर्ने दोषी प्रहरीले पक्राउ गर्न नसकेकोमा दुःख व्यक्त गर्दै आफ्नो छोरीमाथि भएको घृणित कार्य अरुमाथि हुनबाट रोक्न फिल्म ‘कोपिला’ले महत्वपुर्ण भूमिका खेल्ने आश व्यक्त गरेकी छन् । ‘कोपिला’ मा निर्मलको भूमिका सन्जिवनी खरेलले निर्वाह रहेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘जनै हराएको मान्छे’को टिजरमा विजय बरालको कोरिया सपना

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे’को टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रका

निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘चलचित्र दीर्घसम्मान’ प्रदान

काठमाडौँ । चलचित्र विकास बोर्डले राष्ट्रपति कार्यालयमा सोमबार विशेष समारोहको आयोजना गर्दै वरिष्ठ

चलचित्र पर्यटनको गन्तव्य विकास गर्नेतर्फ ध्यान केन्द्रित गरौँ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नेतर्फ

मिरुना मगर भन्छिन्-नेपालमै फर्किएर काम गर्ने रहर थियो

काठमाडौं । अभिनेत्री मिरुना मगरले आफू बेलायतमा हुर्किए पनि नेपालमै फर्किएर काम गर्ने