इटहरीमा एनसेल मेलामा दर्शकलाई भरपूर मनोरञ्जन



इटहरी । एनसेलले इटहरीस्थित जनता माध्यमिक विद्यालयको फुटबल मैदानमा एनसेल मेला २०७६’ सम्पन्न गरेको छ । शनिबार आफ्नो ब्राण्ड प्रवर्द्धनसहित नेपाल भ्रमण वर्ष २०२० को प्रचारलाई सघाउन एनसेलले उक्त मेला गरेको हो ।
मेलाको कार्यक्रममा दर्शकले भरपूर मनोरञ्जन लिएका थिए । बालबालिकाले विविध खेल र गतिविधिबाट मनोरञ्जन लिएका थिए । मेलाको अवसर पारेर एनसेलले हाल संचालनमा रहेको आफ्नो ’एनसेल सुपर सेलर’ योजनाअन्तर्गत मोरङका दुई पोइन्ट अफ सेल्स (पीओएस) र खुद्रा बिक्रेतालाई पुरस्कारस्वरूप बाइक पनि हस्तान्तरण गरेको छ ।

मेलामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सो क्षेत्रका पर्यटन गन्तव्य र आकर्षणका बारेमा जानकारी गराइएको थियो । चर्चित गायकहरू दीपक बज्राचार्य र रिदम ब्याण्ड, आशिष राना (लाउरे), कालीप्रसाद बास्कोटा, मेलिना राई, टीका प्रसाइँ र सिने कलाकार प्रियंका कार्कीले आफ्नो दमदार प्रस्तुति दिएका थिए । मेलामा कलाकार रेमनदास श्रेष्ठ र साहना बज्राचार्यको उद्घोषणले दर्शकलाई थप उर्जा थपेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पशुपति शर्माको ‘आऊनी की नआऊनी दाइ’

चर्चित गायक पशुपति शर्माको दशैं विशेष गीत “आऊनी की नआऊनी दाइ” सार्वजनिक भएको

अञ्जलीको अभिनयमा ’छुर्पी चौरी गाईंको’ (भिडियोसहित)

दामोदर भण्डारीको स्वर, शब्द र संगीत रहेको लोकगीत ’छुर्पी चौरी गाईंको’ रिलिज भएको

गीत ‘मुर्झिएका सपना’ सार्वजनिक (भिडियो सहित)

नयाँ नेपाली गीत मुर्झिएका सपना सार्वजनिक भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का

दशैं गीत ‘रिनै रिनैको’

नजिकिँदै गरेको नेपालीहरुको महान् चाड विजयादशमीलाई लक्षित गरेर गीत संगीत बजारमा आउन थालिसकेका