जमैकाकी टोनीलाई मिस वल्र्डको उपाधि



मिस वल्र्ड २०१९ को उपाधि जमैकाले जितेको छ । जमैकाका लागि टोनी एन सिंले मिस वल्र्डको उपाधि जितेकी हुन् । शनिबार लन्डन एक्सेलमा सम्पन्न ६९ औं ‘मिस वल्र्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा टोनीले १११ देशका सुन्दरीहरूलाई पछि पार्दै मिस वल्र्डमा आफ्नो स्थान सुनिश्चित गरेकी हुन् ।

दोस्रो स्थानमा फ्रान्सकी ओफेली मेजिनो भइन् भने भारतकी सुमन रावले तेस्रो स्थान हासिल गरिन् । मिस वल्र्ड २०१८ भनिसा पोन्सले उनलाई आफ्नो ताज पहिराएकी हुन् ।

नेपालकी मिस नेपाल अनुष्का श्रेष्ठले ‘मिस वल्र्ड प्रतियोगिता’ अन्तरगतको मल्टिमिडिया अवार्ड जितेकी थिइन् भने उनले ब्युटी विथ द पर्पोज विधा पनि जितेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विपना थापा ‘आ बाट आमा’ मा अनुबन्ध

काठमाडौं । चलचित्र ‘आ बाट आमा’मा अभिनेत्री विपना थापा अनुबन्ध भएकी छन् ।

शान्वि श्रेष्ठ बनिन् किड्स क्यापिटल जुनियरको विजेता

ललितपुर । ललितपुरकी शान्वि श्रेष्ठ किड्स क्यापिटल नेपाल २०२५ को जुनियर तर्फको विजेता

‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

काठमाडौं ।  नेपाली फिल्ममा ‘लभर ब्वाई’ को भूमिकामा रुचाइएका अभिनेतामध्ये एक हुन्- आर्यन

‘आ बाट आमा’ फिल्म निर्माण गर्ने निर्देशक पन्तको घोषणा

काठमाडौं । निर्देशक चन्द्र पन्तले नयाँ फिल्म ‘आ बाट आमा’को निर्माण घोषणा गरेका