नेपाल–अमेरिका चलचित्र महोत्सवको चौथो संस्करण



नेपाल–अमेरिका अन्तर्रा्ष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण २०२० आयोजना हुने भएको छ । अन्तर्रा्ष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण २०२० जुन २६ देखि २८ सम्म आयोजना हुने भएको हो । वासिंगटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने चौथो अन्तर्रा्ष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरिबाट आवेदन खुला गरिएको छ । नेपालका चलचित्रकर्मीहरुले अनलाइन वा मानव अधिकार चलचित्र केन्द्रको कार्यालयमा आवेदन दिन सक्ने छन् ।

२०२० मा ‘डीएमभी क्लोजअप’ झन् बृहत गरिने छ । स्थापना देखिने ग्लोबल पिस फिल्म फेस्टिवल फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुदै आएको चलचित्रहरु आगामी वर्ष पनि समावेश हुने जनाइएको छ ।
अन्तर्रा्ष्ट्रिय चलचित्रकर्मीहरुको समितिले आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु प्रदर्शनका लागि छनोट गर्नेछन् । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचिहरुलाई पुरस्कृत गरिनेछ । महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे प्यानल छलफल तथा कार्यशालाहरु पनि आयोजना हुनेछन्। महोत्सवमा चलचित्र प्रदर्शन पछि उपस्थित निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिने आयोजकले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र भवनमा नयाँपुस्ता दर्शक बनेर छिरेझैँ चलचित्रमा पनि नयाँ पुस्ताको आकर्षण

काठमाडौँ । नेपाली चलचित्र निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण

काठमाडौं महानगरको आयोजनामा बाँसुरी वादन प्रतियोगिता हुने

काठमाडौँ । मंसिर २७ गते काठमाडौँ महानगरपालिका स्तरीय बाँसुरी वादन प्रतियोगिता आयोजना हुने

प्रदीप खड्काको नयाँ सिनेमा ‘ऐरी’ को घोषणा

काठमाडौं । अभिनेता प्रदीप खड्काको नयाँ सिनेमाको घोषणा भएको छ । उनको नयाँ

सुदूरका मौलिक गीतमा जमेकी ‘रोजी’

महेन्द्रनगर । बाल्यकालदेखि नै नृत्यमा औधी चाहना राख्ने अछाम साफेँबगरकी रोजी कुँवर यतिबेला