२०१९ मा पहिलो नम्बरमा शाहिद कपूर



यी नायक २०१९ मा सर्वा्धिक कमाई गरी बलिउडका तीनै खानलाई पछि पार्न सफल भएको छ । वर्षोदेखि बलिउडमा राज गर्दै आएका तीन खान सलमान, शाहरुख र अमिरको यो वर्ष त्यति धेरै चर्चा हुन सकेन । सलमान खानको फिल्म ‘भारत’ पनि खासै सफल भएन । यी तीनै खानको फिल्म सफल नहुँदा यता शाहिद कपूरको भने चर्चा निकै बढ्यो । उनको फिल्म ‘कबीर सिंह’ अत्याधिक सफलता पायो । यो फिल्मको कमाई २०१९ मा सबैभन्दा धेरै कमाई गर्ने फिल्मको पहिलो नम्बरमा पर्न सफल भयो । अर्जुन रेड्डीको रिमेकले २७८ करोड भारु कमायो । यस कमाईसँगै बलिउडमा सर्वा्धिक कमाउने अभिनेताको पहिलो नम्बरमा शाहिद कपूर पर्न सफल भए ।
यसैगरी, बक्सअफिसको दोस्रो नम्बरमा रहेका छन्, विक्की कौशल । यस वर्ष आएको ‘उरी–द सर्जीकल स्ट्राइक’ ले २४० करोड भारु कलेक्शन गरेको थियो । यस फिल्मले उनलाई ठूलो स्टारको रुपमा स्थापित गरिदियो ।

त्यस्तै ऋतिक रोशनको फिल्म ‘वार’ पनि उत्तिकै कमाई गर्यो । उनको यो फिल्म वर्षकै धेरै कलेक्शन गर्ने फिल्ममा पर्न सफल भयो । यसले ३१८ करोड भारु कलेक्शन गर्यो । ऋतिकको दोस्रो फिल्म ‘सुपर ३०’ ले १४६ करोड भारु कलेक्शन गरेको छ । यी दुवै फिल्मको कलेक्शनको औसत २३२.०५ करोड भारु हुन आयो । जसको कारण ऋतिक यो वर्षको बक्स अफिस कलेक्शनको तेस्रो नम्बरमा पर्न सफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘डिपार्टेड डन’ लाई भारतको तीन अवार्ड

काठमाडौं । नाट्यकर्मी विमल सुवेदीको ‘डिपार्टेड डन’ ले बुधबार भारतको नयाँ दिल्लीमा सम्पन्न

सुनिता र गंगाराजको ‘यस्तो एउटा संसार’

काठमाडौं।  गायिका सुनिता थेगिम र गायक गंगाराज राईको स्वर रहेको ‘यस्तो एउटा संसार’

‘ठिटो झापाको’मा आशिषसँग शनिशाको रोमान्स

काठमाडौं । गायक आशिष सचिनको ‘ठिटो झापाको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ

देउडा अभिनयमा जम्दै ‘झरना’

महेन्द्रनगर । पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चिमको देउडा