सिमा क्षेत्रको घटनालाई समेटिएको चलचित्र ‘दि कर्मा’ को टिजर



काठमाडौं । चलचित्र ‘दि कर्मा’ को टिजर सार्वजनिक भएको छ । नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनालाई समेटिएको चलचित्र ‘दि कर्मा’ को टिजर सार्वजनिक भएको हो । चलचित्र रिलिज गर्ने मिति यस अघि नै सार्वजनिक गरिसकेको छ । आगामी माघ १७ गते रिलिज हुने यस चलचित्रको निर्माण जयराज रायले गरेका हुन् भने देवकुमार श्रेष्ठले निर्देशन गरेका छन् ।

श्रीत मिडिया एन्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यस चलचित्रमा सिमा क्षेत्रमा नेपालीले भोग्नु परेका समस्याको उद्घाटन गरिएको छ । श्रीदेव बीएल र निशा खतिवडा निर्माता रहेको चलचित्रमा शारदा खड्का सह–निर्माता रहेका छन् । चलचित्रमा कलाकारहरु नीता ढुंगाना, परमिता आरएल राणा, वुद्धि तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतको अभिनय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

काठमाडौँ । सहकारी संस्थाको रकम अपचलन भएको विषयलाई लिएर चलचित्र ‘महाभोज’ तयार गरिएको

लमजुङको गुरुङ बस्तीमा घाटुको रौनक

लमजुङ। लोपोन्मुख घाटु नाचलाई गुरुङ संस्कृतिको धरोहरका रूपमा लिने गरिन्छ । लमजुङको श्रीमञ्ज्याङ,

हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा

मुस्ताङ । पहिलो सरगमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टाँसी’को

नोरासँगै नाचे नेपाली

काठमाडौँ । भारतीय अभिनेत्री तथा उत्कृष्ट नृत्याङ्गना नोरा फतेहीले शनिबार बौद्धस्थित हायात मैदानमा