पलेँटी शृङ्खलाका पूरै भाग अबदेखि युट्यूबमा पनि



नेपालयले सन २००५ देखि संचालन गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृंङ्खला’का कार्यक्रम अबदेखि युट्यूबमा पनि हेर्न पाइने भएको छ । यस अघि पनि ‘पलेँटी नेपालय’को नाममा रहेको युट्यूब च्यानलमा पलेँटीमा गाइएका गीतहरू सुन्न सकिन्थ्यो । तर अब भने नेपालयको ‘आर’शालामा प्रस्तुत हुने कार्यक्रमको पूरै कार्यक्रमको प्रत्यक्ष रेकर्डिङ हेर्न पाइने भएको हो । पलेँटीको पूर्ण शृङ्खला साबिककै च्यानल ‘पलेँटी नेपालय’मा हेर्न, सुन्न सकिन्छ ।

नेपालयले जानकारी गराए अनुसार सन् २०१९ देखिका पलेँटी शृङ्खलालाई क्रमशः अपलोड गरिने भएको छ । हरेक कार्यक्रमलाई ४ वटा शृङ्खलामा बाँडिएकोले दर्शक, श्रोताले आफ्नो अनुकुलता अनुसार पलेँटीको आनन्द लिन सक्ने छन् ।

‘आर’शालामा प्रत्यक्ष प्रस्तुत भएको कार्यक्रमको रेकर्डिङ भएको हुनाले कार्यक्रम हेर्दा लाइभको जिवन्तता पनि महसुस गर्न सकिने छ ।

‘पलेँटी कार्यक्रमको अनुभवलाई ‘आर’शालाको सिमित उपस्थितिबाट बाहिर बाँड्न २०१९ देखिका शृङ्खलालाई क्रमिक रुपमा सार्वजिनिक गर्ने व्यवस्था मिलाएका हौं’ आयोजक संस्था नेपालयका किरण कृष्ण श्रेष्ठले जानकारी गराए ।

‘नेपाली आधुनिक गीतलाई अभिलेखमा राख्ने उद्देश्यले पलेँटी कार्यक्रमलाई रेकर्ड पनि गर्दै आएका थियौं । अब नेपाली संगीत प्रेमीहरूले यस कार्यक्रमको प्रस्तुति पक्षलाई पनि अनुभूत गर्न पाउने छन्’ कार्यक्रम संयोजक आभासको भनाई थियो ।

‘पलेँटी शृङ्खला’ युट्यूबमा अपलोड गर्ने दिन पनि कार्यक्रम आरम्भ हुने गरेकै वारलाई छनोट गरिएको कुरा नेपालयले जानकारी गराएको छ । त्यसैले आज गएको मार्च महिनामा प्रस्तुत भएको पलेँटीको पहिलो शृङ्खला युट्यूबको यो लिंक

https://youtu.be/BwM4MOY1R0o मा हेर्न, सुन्न सकिने छ जसमा लोकप्रिय गायिका मीना निरौलाले नेपाली आधुनिक संगीतका प्रतिनिधि महिला गायिकाका रचनालाई आफ्नो स्वरमा समेटेकी छिन् । अब आगामी ४ हप्तासम्म नेपाली संगीतमा महिला गायिकाहरूको चर्चा रहेका शृङ्खलाहरू क्रमशः अपलोड हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा