जोकर बन्यो एक अर्ब डलर कमाउने पहिलो ‘आर’ श्रेणीको चलचित्र



कमिकमा आधारित जोकर गएको साता संसारभरि एक अर्ब अमेरिकी डलरभन्दा बढी कमाउने पहिलो ‘आर’ श्रेणीको चलचित्र बनेको छ।

अमेरिकामा ‘आर’ श्रेणी वर्गीकरण भनेको १७ वर्षभन्दा कम उमेरका व्यक्तिले वयस्कसँग बसेर मात्रै हेर्न पाउने चलचित्र हो।

गएको साता कमाइको आधारमा जोकर अमेरिकामा सातौँ नम्बरमा रहेको छ। ३१ करोड डलर कमाएको फोर्ड भर्सेस फरारी भने पहिलो नम्बरमा रहेको छ।

यो महिनाको सुरुमा जोकर कमिकका आधारित चलचित्रमध्ये सबैभन्दा बढी कमाउने चलचित्र बनेको थियो। जोकर चलचित्र चीनमा प्रदर्शन गरिएको छैन। चीनमा यौन वा हिंसा बढी भएका चलचित्रहरूको प्रदर्शनमा रोक लगाइने गरेको छ।

यसभन्दा अगाडि सबैभन्दा बढी कमाउने ‘आर’ श्रेणीमा चलचित्र सन् २०१८ डेडपुल-दुई रहेको थियो। उक्त चलचित्रले ७८ करोड ५० लाख डलर कमाएको थियो।

बक्स अफिस गुरुका संस्थापक सम्पादक गीतेश पान्ड्याले जोकरको उपलब्धिलाई आश्चर्यचकित बनाउने खालको भनेका छन्।

जोकरका निर्देशक टोड फिलिप्सले सो चलचित्र छ करोड २५ लाख डलरमा निर्माण गरेका थिए।

सो चलचित्रले ओस्कार पुरस्कार जित्ने अनुमान पनि गरिएको छ। तर चलचित्रमा भएको मानसिक स्वास्थ्यको विषयलाई लिएर यसको आलोचना गर्नेहरू पनि छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘वानर सेना’को विशेष शो

काठमाडौं । असोज १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ’वानर सेना’को विशेष शोको

नेपाली चलचित्रले पनि अब बलिउड, हलिउडका चलचित्र सरह सजिलै विश्वभर प्रदर्शन पाउने

काठमाडौं । नेपाली चलचित्रले पनि बलिउड, हलिउडका चलचित्र सरह सजिलै विश्वभर प्रदर्शन पाउने

यस्तो छ ‘हनी बनी’को फस्टलुक पोस्टर

काठमाडौं । निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र ‘हनी बनी’को फस्टलुक

पुराना मान्यतालाई भत्काउँदै नेपाली चलचित्र

  काठमाडौँ ।  विसं २०६३ पश्चात् अन्य क्षेत्रझैँ चलचित्र क्षेत्रमा पनि परिवर्तन देखियो