वालवालिका उत्थान केन्द्र र वालगृहहरुको महासंघद्धारा नृत्य प्रतियोगिता



काठमाडौं । वाल दिवस २०७६ को अवसरमा महिला तथा वालवालिका उत्थान केन्द्र र वालगृहहरुको महासंघको संयुक्त आयोजनामा वाल दिवस विशेष नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

शनिवार राजधानीको चावहिलमा आयोजित एक विशेष समारोहमा वालवालिकाहरुले आआफ्नो नृत्य कला कौशल प्रदर्शन गरेका थिए ।

प्रतियोगितात्मक उक्त नृत्य प्रतियोगितामा सरीता सुनुवार, सन्तोषी छन्त्याल र रजनी नेपाली तथा स्वेता कार्कीको टीम प्रथम भएको थियो । कुल ३२ टीम सहभागि रहेको प्रतियोगितामा संस्थागत रुपमा वालवालिकाहरुको टीमले प्रतिष्पर्धा गरेका थिए ।

प्रथम हुने सुनार, छन्त्याल, नेपाली र कार्कीले हेल्पलेस चिल्ड्रेन होम कीर्तिपुरको तर्फबाट नृत्य प्रतियोगितामा सहभागिता जनाएका थिए । कीर्तिपूरको चोभार वडा नम्वर ६ मा केन्द्रीय कार्यालय रहेको हेल्पलेस चिल्ड्रेन होम वालवालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था हो ।

यस्तै प्रतियोगितामा पोखराको चिल्ड्रेन वेलफेयर एशासियसनका सहभागि वालवालिकाले दोस्रो स्थानमा विजय हासिल गरेका थिए ।
देशैभरका वालगृहहरुलाई समेटेर यस प्रकारको प्रतियोगितात्मक प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाले दाबी गरेको छ ।

आयोजक महिला तथा वालवालिका उत्थान केन्द्रले वालवालिकाहरुको चौतर्फी प्रतिभा विकासमा लागि यस्ता रचनात्मक प्रतिभा प्रदर्शनका कार्यक्रमहरु निरन्तर गर्ने प्रतिवद्धता पनि जनाएको छ ।

सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा पूर्व शान्तिमन्त्री सत्या पहाडीको प्रमख आतिथ्यतामा आयाजित समारोहमा वरिष्ठ कलाकार लक्ष्मी गिरी विशेष अतिथिका रुपमा सहभागि हुनु भएको थियो । प्रमुख अतिथि पहाडी र वरिष्ठ कलाकार गिरीले वालवालिाकाहरुको नृत्य उत्साहपूर्वक हेर्दै विजेताहरुलाई पुरस्कृत पनि गर्नु भएको थियो ।

उक्त समारोहलाई सम्वोधन गर्दै आयोजक संस्थाका केन्द्रीय उपाध्यक्ष विष्णु कुमार श्रेष्ठले देशैभर रहेका जति पनि वालगृहहरुमा रहेका वालवालिकाहरुका लागि निशुल्क शिक्षाका लागि आफ्नो संस्थाले निरन्तर पहल गर्दै आएको बताउनु भयो ।

आगामी दिनमा वालवालिकाहरुका लागि नृत्यका अलवा टेबल टेनिस, फुटबल लगायतका खेलहरु समेटेर प्रतिष्पर्धात्मक खेल प्रतियोगिताहरु पनि आयोजना गर्ने लक्ष्य रहको पनि आयोजक संस्थाका उपाध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ चलचित्र ऐन चाँडै आउँछः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका

‘अंगुरको झुप्पो’ मा आशिफ र गरिमा फिचर्ड

काठमाडौं । नेपाली फिल्म ‘जन्ते बाख्रो’ को गीत ‘अंगुरको झुप्पो’ सार्वजनिक गरिएको छ

चलचित्र हेर्न पुगेका दर्शकको गोपनीयता हुनु पर्दैन र ?

काठमाडौँ । केही समययता चलचित्र भवन पुगेर दर्शकको प्रतिक्रिया लिने क्रम बढिरहेको छ

‘नरसिंहाः अवतार’ को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्म ‘नरसिंहाः अवतार’ को नयाँ पोस्टर सार्वजनिक