‘हृदय भरी’ मा पल पहिलो पटक फ्रेस अनुहारसँग



अहिले पल शाह फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेलमा व्यस्त छन् । सुदर्शन थापा निर्दे्शित फिल्ममा उनको जोडीको रुपमा अभिनेत्री पूजा शर्मा रहेकी छन् । फिल्म आउँदो फागुन २३ गते प्रदर्शनमा आउनेछ ।

यो फिल्मभन्दा अगाडि उनले २० लाख पारिश्रमिक लिएर ‘वितेका पल’ फेम्ड निर्देशक सुरज सुब्बा ‘नाल्बो’ निर्दे्शित फिल्म ‘हृदय भरी’ गरेका थिए । यसको छायांकन सकिएको महिनौं भइसक्यो । तर, अहिलेसम्म प्रदर्शनमा आउन सकेको छैन । निर्माण टिमले गएको भदौ २७ गतेलाई फिल्मको रिलिज जुराएको थियो । तर, कात्तिक सकिँदासम्म पनि फिल्म प्रदर्शन हुने अत्तोपत्तो छैन ।

यसमा पलले एक पोल्ट्रिफार्म सञ्चालन गर्ने युवकको भूमिकामा छन् । ‘हृदय भरी’ मा पलले पहिलो पटक फ्रेस अनुहारसँग स्क्रिन साझेदारी गरेकी छन् । यो फिल्मबाट श्रद्धा क्षेत्रीले डेब्यु गर्दै्छिन् । पलको अपोजिटमा अभिनेत्री रेखा लिम्बु पनि छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण हुने

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको

सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो