फिल्मको ट्रेलर हेरेर दर्शकको मिश्रित प्रतिक्रिया



काठमाडौं – सौगात मल्ल स्टारर फिल्म ‘माछा माछा’ को ट्रेलर रिलिज भएको छ । यो फिल्मको ट्रेलर युट्युवमा ३ लाख ४ हजारले हेरेका छन् । आर्टसको प्रस्तुतिमा बनेको फिल्मको ट्रेलर हेरेर दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् ।

कतिले फिल्मको ट्रेलर मन परेको बताएका छन् भने कतिले निर्मातालाई पैसा धेरै भएर यस्तो फिल्म बनाएको भन्दै हासोठटा गरिरहेका छन् । यो फिल्म मंसिर २० गतेबाट प्रदर्शनमा हुनेछन् । यो फिल्म सुनील गुरुङको लेखन तथा निर्देशन रहेको छ । चलचित्रको पात्रहरुमा सौगात मल्ल, नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, प्रविण खतिवडा, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय छ ।

रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेको यो फिल्मलाई निर्माण टिमले मंसिर २० मा आउने भनेर प्रचार गरिरहेको छ । तर, युट्युबमा भने फिल्म कार्तिक २९ गतेदेखि प्रदर्शन हुने भनेर मिति राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘छक्का पञ्जा ४’ को पहिलो गीत सार्वजनिक

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ४’को पहिलो गीत

बोर्डले साइबर सेक्युरिटीसम्बन्धी विशेष कानुन बनाउन पहल गर्ने

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले साइबर सेक्युरिटी र पाइरेसीसम्बन्धी विशेष

पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकाबाट सुरु

न्यूयोर्क । विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो

अष्ट्रेलियाको एडिलेड शहरमा नेपथ्यको कन्सर्टमा यसरी झुमे दर्शक

काठमाडौं । अष्ट्रेलियामा जारी नेपथ्यको दोश्रो कन्सर्ट शनिबार सम्पन्न भएको छ। शनिबार राति