‘पलेँटी’मा सुनिए नेत्र विशेषज्ञ सुमन



काठमाण्डौ । नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा यसपाली नेत्र विशेषज्ञ सुमन थापा प्रस्तुत भए । शुक्रवार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रस्तुत भएको कार्यक्रममा सुमनले १३ वटा गीत सुनाए । कार्यक्रममा प्रस्तुत भएका कतिपय गीतहरू आँखा र दृष्टिसँग सम्बन्धित थिए । आफ्नो पेशासँग सम्बन्धित संस्मरण सुनाउँदै गाइरहेका सुमनलाई सुन्दा लाग्थ्यो उनी आँखा र भाकाका संगम हुन् ।

कार्यक्रमको सुरुवातमा उनको सांगीतिक यात्राको पहिलो चरणको झलक प्रस्तुत भएको थियो । सुमनको आफ्नै शैली झल्किएका दुईवटा गीत प्रस्तुत भएपछि दोस्रो चरणमा गाइएका सबै गीतहरू नयाँ थिए । दोस्रो चरणका ९ वटा गीतहरू गीतकार तथा कवि श्रवण मुकारुङले सृजना गरेकाथिए । सुमनका निम्ति बनेका सबै नयाँ गीतमा संगीतकार आभासको धुन सृजना रहेको थियो ।

प्राय अँग्रेजी भाषामा गाउने सुमन पहिलोपल्ट नेपाली गीत मात्र प्रस्तुत गर्दै थिए । तीलगंगा अस्पतालसँग सम्बन्धित डा. सुमन आफ्नो सांगितिक रुचिलाई सदुपयोग गर्दै रकम जुटाउँछन् र विकट गाउँ पुगेर निशुल्क स्वास्थ शिविर संचालन गर्छन् । त्यसको लागि उनी ‘एक एक पाइला’ नामको संस्थासंग आबद्ध छन् ।

कार्यक्रममा संचालकले सरप्राइज प्रस्तुति भन्दै एउटी नयाँ गायिकालाई सुमनसँग युगल गीत गाउन निम्ता गरे । मञ्चको किनार छाम्दै उनी मञ्चमा पलेँटी कसेर बसिन । उनको नाम थियो आशा राई । आशा जन्मदै संसारको दृश्य देख्नबाट बन्चित भएर जन्मेकी रहिछन् । आशालाई नै केन्द्रमा राखेर रचिएका २ वटा गीतमा उनले सुमनसँग स्वर मिलाइन् ।

कार्यक्रमको अत्यतिर प्रस्तुत भएका बाँकी गीत गीत मध्ये ‘ओ पासाङ दाइ, ओ बैनी फूलमतिया’मा प्रयोग भएको शब्द ‘स्लिट ल्याप्प’लाई बुझाउन डा. सुमनले आँखा जाँच्ने उपकरण नै बोकेर आएका थिए । उनले सोही उपकरण देखाउँदै, गीतार र घाँटीमा भिरेको हार्मोनिका बजाउँदै सुनाए- ‘ओ पासाङ दाइ, बैनी फूलमतिया, पर्ख है पर्ख म ‘स्लिट ल्याम्प’ बोकेर आउँदै छु तिमीलाई सुन्दर संसार देखाउन’ ।

त्यसपछि प्रस्तुत भएको फंकी शैलीको गीत ‘हतार छ, एकदम हतार छ, तर ट्राफिक जाम छ’लाई शहरको व्यस्तता र डा. सुमनको पेशासँग जोडेर प्रस्तुत गरिएको थियो । तिहारको माहोललाई ध्यानमा राखेर प्रस्तुत गरिएको अन्तिम गीत ‘साँझको बेला, अप्ठ्यारो बाटो’ पनि आँखासँगै जोडिएको थियो । यो गीत देउसी पारामा प्रस्तुत भएको थियो ।

गीत सुनिसकेपछि कार्यक्रममा उपस्थित गीतकार श्रवण मुकारुङले मन्तब्य व्यक्त गरेका थिए । मन्तव्यका क्रममा श्रवणले भने- ‘यसपालीको हाम्रो यो सांगीतिक सहकार्यले मलाई नयाँ गीत लेख्न प्रेरित गर्‌यो । अहिले पलेँटीमा गीत सुनिसकेपछि लाग्यो यो हाम्रो रचनात्मक कर्मको एउटा सुन्दर मोड पनि हो ।‘

कार्यक्रम समापनपछि गीतकार रत्नशमशेर थापा भन्दै हुनुहुन्थ्यो- ‘नयाँ प्रयोगले नै गीत संगीतको रचनाको घेरालाई फराकिलो पार्छ, आजको प्रयोग राम्रो छ ।‘ अर्का गीतकार विप्लब प्रतीकको प्रतिक्रिया थियो- ‘सांगीतिक क्षेत्रमा रहेका धेरै कलाकारले सुन्नै पर्ने रचनाहरू सृजना भएको साँझमा संगल्न हुन पाएँ । मन प्रफुल्ल भयो ।‘ त्यस्तै नेपथ्यका अमृत गुरुङ भन्दै थिए- ‘धेरै समयपछि गीत, संगीत नसा झैँ झ्याम्म लाग्यो ।‘

यसपालीको पलेँटीमा वाद्यवादनतर्फ कीबोर्डमा दिनेश रेग्मी, गिटारमा सुरज प्रधान र प्रकसनमा सुन्दर महर्जनले साथ दिएका थिए । सुमनसँगको पलेँटी शनिबार साँझ पनि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अञ्जिला’ आगामी माघ ११ मा रिलिज हुने

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट

रंगमञ्चमा उदाएर फेरि रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

काठमाडौं । आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर

आरजुलाई मिस ई–कलेजको ताज

सिजन मिडिया प्रालिले मङ्गलबार काठमाडौँमा आयोजना गरेको मिस ई–कलेज २०२४ का ताज आरजु

पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक गरिएको छ ।