सत्याकृतको ‘हजार जुनी’( भिडियोसहित )



काठमाडौं । समाजमा सद्भाव र सकारात्मक उर्जा सञ्चार गर्ने अभिप्रायले यथार्थ र सत्यता बोकेका गीतहरु सार्वजनिक गर्दै आएको सत्याकृत ब्याण्डले दशैंको मुखमा ‘हजार जुनी’ बोलको गीत सार्वजनिक गरेको छ ।

प्रकृती, प्रेम, ईश्वर, सत्य र देश भक्तिपूर्ण संगीत दर्शकहरुमाझ पस्कदै आईरहेको ब्याण्डले शुक्रबार ‘हजार जुनी’ बोलको गीत सार्वजनिक गरेको हो ।

विदुर न्यौपानेको शब्द संगीतमा रहेको उक्त गीतमा सुर साधुको स्वर रहेको छ । यस गीतको भिडियोमा छायांकन, सम्पादन तथा निर्देशन विजय गौतमले गरेका छन् ।
नेपाल र मलेसियामा छायांकन गरिएको उक्त गीतको रेकर्डिङ्ग मुम्बईमा भएको हो । यस गीतमा मिक्सिङ तथा मास्टरिङ बलिउडका चर्चित साउण्ड ईन्जिनियर आमिर शैखले गरेका छन् ।

सत्याकृत ब्याण्डले पूर्विय, पश्चिमी, रक-पप, शास्त्रिय, लोक, फ्यूजन शैलीका गीतहरुलाई प्रस्तुत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शान्ति श्रीको तीज गीत ‘मै हुँ शिवको शिवानी’

काठमाडौं । गायिका शान्ति श्री परियारको ‘मै हुँ शिवको शिवानी’बोलको तीज गीत सार्वजनिक

मेषी दण्डः मातृभाषामाथि दमनको एक इतिहास

  काठमाडौँ । सबै मान्छेले बोल्ने भाषा एउटै भए के हुन्थ्यो होला ?

अरुण थापा स्मृति साँझ: गुञ्जिए कालजयी गीतहरू

भक्तपुर । ‘साँझको जुनसँगै, आउँछौ तिमी भनेर, टोलाइरहन्छु आकाशमा रातको तारा गनेर सजाइरहन्छु,

आँचल र विवेक अभिनित ‘बर एण्ड वधु’को ‘तिमी सँग’

काठमाडौं । आँचल शर्मा र वुवेक कर्माचार्य फिचार्ड नेपाली चलचित्र ‘बर एण्ड वधु’को