प्रधानमन्त्री कुलपति हुने व्यवस्था परिर्वतन हुन्छ : शिक्षामन्त्री राई



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले, प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिर्वतन हुने बताएका छन् । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री राईले प्रधानमन्त्रीलाई कुलपति राख्न हुन्न भनेर प्रधानमन्त्रीले नै बारम्बार भनिरहेको भन्दै सक्षम व्यक्तिलाई कुलपति बनाउने प्रावधानसहितको विधेयक निर्माण गर्ने बताए ।

उनले भने,‘विश्वविद्यालयको प्रगति बाधकको अवस्था हुने भयो, नीति निर्मार्णको जिम्मेवारी छुट्टै हुन्छ विश्वविद्यालयको छुट्टै त्यसकारण यो सबै जिम्मेवारी लिनु रहरको विषय पनि होइन, र अब सहकुलपति, कुलपति, उपकुलपति र पदाधिकारीको जिम्मेवारी निर्वाह गर्न सक्ने सक्षम जनशक्ति हामीसँग पर्याप्त पनि छ । संरचनात्मक हिसाबले प्रधानमन्त्री कुलपति हुने, शिक्षा मन्त्री सहकुलपति हुने त्यो मोडालिटीबाट बाहिर छौँ। त्यो राष्ट्रिय सभाले पारित गरेको छ अब प्रतिनिधिमा आउँछ होला ।’

विश्वविद्यालयमा भएका कमी कमजोरी सुधारका लागि सबैको सहकार्य जरुरी रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

  काठमाडौं । वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् ।  देशकै पहिलो बोर्डिङ स्कूल

विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउन सुझाव

काठमाडौँ । विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउनुपर्नेमा जोड दिइएको छ । अनेरास्ववियुको

सरकारले पाँच वर्षभित्र सबै बालबालिकालाई कक्षा ८ सम्मको आधारभूत शिक्षा प्राप्तिको सुनिश्चितता गर्ने

काठमाडौं ।  सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई बालविकासदेखि कक्षा ८ सम्मको आधारभूत

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी

प्रकाश सिलवाल, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई