पुस्तकरहित शुक्रबार कार्यक्रमका लागि सूचीकृत हुन महानगरको आग्रह



 

काठमाडौँ  ।  काठमाडौँ महानगरपालिकाले ‘पुस्तकरहित शुक्रबार कार्यक्रम’अन्तर्गत कक्षा १ देखि ८ सम्म व्यवहारिक÷प्रयोगात्मक कक्षा सञ्चालन गर्न इच्छुक सङ्घ संस्थालाई  विद्यालयमा सूचीकृत हुन आग्रह गरेको छ । इच्छुक सङ्घ संस्थालाई यही पुस ११ गतेभित्र सूचीकृत हुन कामपा शिक्षा विभागले आग्रह गरेको हो ।

कामपा शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले विद्यार्थीलाई हरेक शुक्रबार केही नयाँ ज्ञान दिने उद्देश्यले विद्यालयमा तालिम प्रदायक सङ्घ संस्थालाई सूचीकृत हुन आग्रह गरिएको जानकारी दिए ।

उनका अनुसार कामपाले आफ्नो क्षेत्रमा सञ्चालितमध्ये ८१ सामुदायिक विद्यालयमा गत वैशाख १२ गतेदेखि पुस्तकरहित शुक्रबार कार्यक्रम सञ्चालन गर्दै आएको छ । “यसअन्तर्गत हरेक शुक्रबार किताबमा भएका भन्दा फरक र व्यवहारिक ज्ञान दिएर बालबालिकालाई शिक्षा दिनु यस कार्यक्रमको मुख्य उद्देश्य हो”, उनले भने ।

चालु आर्थिक वर्षमा शिक्षाका लागि एक अर्ब ३२ करोड नौ लाख ३३ हजार रकम विनियोजन गरेको कामपाले शिक्षामा सीप कार्यक्रमका लागि पनि छुट्टै बजेटको व्यवस्था गरेको कोइरालाले बताए । उनका अनुसार कामपाको माग अनुसार सूचीकृत हुने सङ्घसंस्थाले चालु आर्थिक वर्षको अन्त्यसम्म बिदा र परीक्षाको अवधि कटाएर १५ वटा शुक्रबार लागि शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ । हरेक शुक्रबार छ घण्टाका कक्षा हुनेछन् ।

कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन कामपाले बाल समूह गठन गरिसकेको छ ।  कारागारभित्रका, फरक क्षमता भएका बालबालिका भएका र रात्रिकालीन विद्यालय बाहेक ८१ विद्यालयमा समूह गठन गरिसकिएको प्रमुख कोइरालाले जानकारी दिए । उनका अनुसार शुक्रबारको कार्यक्रमका लागि १५ वटा विषय राखिएका छन् ।

हरेक विषयलाई एउटा उपसमूह मानिएको छ । यी उपसमूहमध्ये बालबालिका तथा वातावरण र विज्ञान, प्रविधि, इञ्जिनियरिङ, आर्टस र गणित (स्टीम) विषय हरेक विद्यालयका लागि अनिवार्य उपसमूह बनाइएको प्रमुख कोइरालाले बताए ।

उपमूहहरुमा बालबालिका तथा वातावरण,  विज्ञान, प्रविधि, इञ्जिनियरिङ, आर्टस र गणित, भित्ते चित्र, संस्कृति र सम्पदा, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन, नाट्य समूह, व्यक्तित्व विकास, उद्यमशीलता सोच, पठन संस्कार, योग, सङ्गीत तथा नृत्य, ड्रोन, र एनिमेसन रहेका छन् ।

विद्यार्थीको सङ्ख्या र रुचि, विद्यालयको परिवेश, शिक्षक, प्रधानाध्यापक र सम्बन्धित सरोकारवालाको सुझावका आधारमा यी विषय छनोट गरिएको कामपा शिक्षा विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्थानीय पाठ्यक्रम आवश्यक छ ?

डा दीपेन्द्र रोकाया । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा गएसँगै ७५३ स्थानीय तह

नवनियुक्त उपकुलपतिहरूलाई प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  योग्यताक्रमका  आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको

अत्यधिक गर्मी बढेपछि बुटवल उपमहानगरद्वारा दुई दिन विद्यालय बन्द गर्ने निर्णय

बुटवल । गर्मी बढेपछि रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालय २ दिन

हेटौंडा उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

  बागमती । हेटौँडा  उपमहानगरपालिकाले चालु शैक्षिकसत्रदेखि सामुदायिक तथा संस्थागत सबै विद्यालयको कक्षा