काठमाडौं विश्वविद्यालय र प्रहरी अस्पतालबीच चिकित्सा शिक्षा र अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता



काठमाडौं । चिकित्सा र सम्बन्धित विषयहरूमा शिक्षा, अनुसन्धान र प्रशिक्षणलाई अगाडि बढाउन थप सहकार्य वृद्धि गर्ने उद्देश्य अनुरूप नेपाल प्रहरी अस्पताल महाराजगंज र काठमाडौं विश्वविद्यालयबीच सम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले काठमाडौं विश्वविद्यालय धुलिखेलमा आयोजित एक समारोहबीच सोमबार सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् ।

समारोहमा प्रहरी महानिरीक्षक कुँवरले विगतमा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनसँग भएको सम्झौता स्मरण गर्दै आजको सम्झौताले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यलाई थप प्रगाढ बनाएको चर्चा गरे ।

दुवै पक्षबीच एक आपसमा रहेको ज्ञान र अनुभवका साथसाथै विज्ञताको आदानप्रदान र शैक्षिक कार्यक्रमहरूमा परस्पर सहयोग अभिवृद्धिका लागि मार्ग प्रशस्त गरेको र दुवै निकायको क्षमतामा थप वृद्धि हुने विश्वास उनले व्यक्त गरे ।

नेपाल प्रहरीको क्षमता अभिवृद्धि तथा कार्य सम्पादन प्रणालीलाई थप सबल बनाउन काठमाडौं विश्वविद्यालयबाट विगतदेखि प्राप्त भएको सहयोग र सहकार्यप्रति आभार प्रकट गर्दै प्रहरी महानिरीक्षक कुँवरले आगामी दिनमा सहकार्यका थप क्षेत्रको पहिचान र परस्पर सहयोगको लागि नेपाल प्रहरी तयार रहेको बताए ।

सम्झौता कार्यान्वयन गर्न आवश्यक संयन्त्रसहितको काम अगाडि बढाउन अस्पताल प्रशासनलाई उनले निर्देशनसमेत दिए । समारोहमा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले नेपाल प्रहरीसँगको सम्झौतामार्फत मेडिकल एजुकेशनमा हातेमालो गर्दै विश्वविद्यालयले थप गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्न सहयोगी हुने विश्वास व्यक्त गरे । साथै आगामी दिनमा पनि नेपाल प्रहरीसँग सहकार्यको क्षेत्रलाई अगाडि बढाउँदै लैजाने उनले बताए ।

सम्झौतापत्रमा दुवै पक्षले संयुक्त अनुसन्धान परियोजनाहरू सञ्चालन गर्ने, एकअर्काको शैक्षिक कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुने, ज्ञान र विशेषज्ञताको आदानप्रदानलाई प्रवर्द्धन गर्न सहयोगी वातावरणलाई बढावा दिने, चिकित्सा एवं स्वास्थ्यको वर्तमान र भविष्यका आवश्यकताहरूलाई सम्बोधन गर्न शैक्षिक कार्यक्रमहरूको विकास र कार्यान्वयनका सम्भावनाहरू अन्वेषण गर्ने उल्लेख गरिएको छ ।

विद्यार्थी, शैक्षिक र प्राविधिक कर्मचारीहरूको सीप र ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आ–आफ्ना संकायहरूका लागि संयुक्त प्रशिक्षण कार्यक्रमहरू आयोजना गर्ने, अनुसन्धान निष्कर्षहरू, प्रकाशनहरू र शैक्षिक सामग्रीहरूसहित शैक्षिक जानकारी दिने, अनुसन्धान र शिक्षाको गुणस्तर बढाउन प्रयोगशाला सुविधाहरू, उपकरण र विधिहरूमा मात्र सीमित नभएर प्राविधिक विशेषज्ञताको साझेदारीलाई दुवै पक्षले सक्रिय रूपमा प्रवर्द्धन गर्ने समेत सम्झौतामा उल्लेख गरिएको छ । सम्झौता हस्ताक्षर भएको दिनदेखि ५ वर्ष अवधिको लागि लागू हुनेछ ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसका डिन प्रा.डा. मनोज हुमागाई लगायत अन्य प्राध्यापकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्थानीय पाठ्यक्रम आवश्यक छ ?

डा दीपेन्द्र रोकाया । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा गएसँगै ७५३ स्थानीय तह

नवनियुक्त उपकुलपतिहरूलाई प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  योग्यताक्रमका  आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको

अत्यधिक गर्मी बढेपछि बुटवल उपमहानगरद्वारा दुई दिन विद्यालय बन्द गर्ने निर्णय

बुटवल । गर्मी बढेपछि रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालय २ दिन

हेटौंडा उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

  बागमती । हेटौँडा  उपमहानगरपालिकाले चालु शैक्षिकसत्रदेखि सामुदायिक तथा संस्थागत सबै विद्यालयको कक्षा