लुम्बिनीका प्रदेश प्रमुख शेरचन दाजुभाइद्वारा विद्यालयलाई दश रोपनी जग्गा दान



म्याग्दी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनका दश दाजुभाइले मङ्गलबार म्याग्दीको एक विद्यालयलाई करिब दश रोपनी जग्गा दान गरेका छन् ।

शेरचनका दश जना दाजुभाइले आफ्नो जन्मथलो म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माविलाई नौ रोपनी तीन आना तीन दाम दुई पैसा क्षेत्रफलको जग्गा दान गरेका हुन् ।

नेपाल सरकारको मापदण्डअनुसार ४४ लाख ७७ हजार मूल्य कायम भएको जग्गा निःशुल्क उपलब्ध गराएका शेरचन परिवारले थप तीन लाख ३५ हजार सात सय ७७ राजस्व र पाँच हजार लेखापढी व्यवसायीको शुल्क पनि आफैँले बेहोरेका ओखरबोट माविका प्रअ नवीन कार्कीले जानकारी दिए ।

“मालपोत कार्यालय म्याग्दीबाट औपचारिकरुपमा विद्यालयको नाममा जग्गा प्राप्त भएको छ”, उनले भने, “बुधबार विद्यालयमा शेरचन परिवारलाई गाउँलेको तर्फबाट अभिनन्दन गर्ने कार्यक्रम छ ।”

हाल विद्यालय रहेको ठाउँ पहिरोको जोखिममा परेपछि स्थानान्तरणका लागि शेरचन परिवारले जग्गा दान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक पुनले बताए । विद्यालयका संस्थापक स्व उमादेवी शेरचनका श्रीमान् बडीबहादुर शेरचनका छोरा, छोरी तथा बुहारीहरुले जग्गा दान गरेका हुन् ।

जग्गा दान गर्नेमा धनबहादुर÷उषा शेरचन, स्व ताराकुमार शेरचनकी श्रीमती जयाकुमारी शेरचन, अमिक शेरचन÷शान्ति शेरचन, चित्रलाल शेरचन÷तेजकुमारी शेरचन, खगेन्द्र शेरचन÷मीना शेरचन, प्रान्ति शेरचन÷विश्वप्रभा शेरचन, काजु शेरचन÷धनकुमारी शेरचन, दीपेन्द्र शेरचन÷फूलमाया (घर्ती) शेरचन, नवरत्न शेरचन÷मीना शेरचन, गुप्तमा (दशरथ) शेरचन÷नन्दकुमारी शेरचन र छोरी दर्पण (शेरचन) गौचन छन् ।

विसं २००८ मा स्थापना भएको यस विद्यालयमा दुई सय ११ विद्यार्थी छन् । विद्यालयमा कक्षा १० सम्म पठनपाठन हुने गरेको छ । जग्गादाता शेरचन परिवारको पुख्र्यौली थलो ओखरबोट हो । उनीहरु हाल देशका विभिन्न ठाउँमा पेसा, व्यवसाय र सामाजिक क्षेत्रमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

  काठमाडौं । वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् ।  देशकै पहिलो बोर्डिङ स्कूल

विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउन सुझाव

काठमाडौँ । विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउनुपर्नेमा जोड दिइएको छ । अनेरास्ववियुको

सरकारले पाँच वर्षभित्र सबै बालबालिकालाई कक्षा ८ सम्मको आधारभूत शिक्षा प्राप्तिको सुनिश्चितता गर्ने

काठमाडौं ।  सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई बालविकासदेखि कक्षा ८ सम्मको आधारभूत

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी

प्रकाश सिलवाल, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई