भरतपुर महानगरद्वारा सामुदायिक विद्यालयलाई नि:शुल्क अग्नि नियन्त्रण उपकरण प्रदान



भरतपुर । चितवनको भरतपुर महानगरपालिकाभित्र रहेका एक सय १४ विद्यालयलाई ‘अग्नि शमनयन्त्र’ (फायर इक्सटिङगुडसर) वितरण गरिएको छ । भरतपुर महानगरपालिकाको शिक्षा महाशाखाले आइतबार एक कार्यक्रमको आयोजना गरी महानगरभित्र रहेका एक सय १० सामुदायिक र चार धार्मिक प्रकृतिका (गुरुकुलम) लाई यन्त्र हस्तान्तरण गरेको हो ।

महानगर प्रमुख रेनु दाहालले विद्यालयका प्रध्यानाध्यापकलाई यन्त्र हस्तान्तरण गरेकी हुन् । हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले महानगरपालिकाले सुरक्षित विद्यालय अवधारणाअन्तर्गत यन्त्र वितरण गरिएको बताइन् । विद्यालयमा गर्मी समयमा हुन सक्ने आगलागी नियन्त्रणका लागि यन्त्र उपयोगी बन्ने उनको भनाइ छ ।

उनले भनिन्, “सामुदायिक विद्यालयमा थप नयाँ आयाम दिनका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो ।” यस यन्त्रको प्रयोग भएपछि महानगरले ग्यास भरेर (रिफिल) पुनः विद्यालयलाई दिने उनको भनाइ छ । महानगरपालिकाले अहिले सबै विद्यालयमा दिवा खाजाको कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै उनले हरेक वर्ष नयाँ कार्यक्रम सुरुवात गर्ने बताइन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले महानगरको यो कार्यक्रम महत्वपूर्ण रहेको बताए । यसले विद्यालयमा हुनसक्ने ठूलो दुर्घटनामा उद्धार गर्न मद्दत पुग्ने उनको विश्वास थियो । शिक्षा महाशाखाका प्रमुख महेन्द्र पौडेलले सामुदायिक विद्यालयको सुधारका क्रममा यस्ता कार्यक्रम आयोजना गरिएको बताइन् । महानगरले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै वर्षेनि नयाँ कार्यक्रम ल्याउने गरेको उनको भनाइ थियो ।

महानगरपालिकाले विद्यालयलाई प्रदान गरेको अग्नि शमनयन्त्रले एक हजार डिग्री तापक्रमसम्म काम गर्न सक्ने क्षमता छ । यसमा भएको ग्यासलाई २१ सेकेण्डसम्म प्रयोग गर्न सकिने पौडेलले जानकारी दिए । एक सय १४ विद्यालयललाई वितरण गरिएको ती सामग्री आठ लाख १८ हजार बराबरका हुन् । एउटा विद्यालयलाई एउटा यन्त्र वितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

  काठमाडौं । वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् ।  देशकै पहिलो बोर्डिङ स्कूल

विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउन सुझाव

काठमाडौँ । विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउनुपर्नेमा जोड दिइएको छ । अनेरास्ववियुको

सरकारले पाँच वर्षभित्र सबै बालबालिकालाई कक्षा ८ सम्मको आधारभूत शिक्षा प्राप्तिको सुनिश्चितता गर्ने

काठमाडौं ।  सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई बालविकासदेखि कक्षा ८ सम्मको आधारभूत

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी

प्रकाश सिलवाल, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई