सातामा दुई दिन विद्यालयमा बिदा नदिन महासंघको आग्रह



काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले शैक्षिक क्षेत्रमा हप्तामा दुई दिन बिदा दिने निर्णय फिर्ता लिन नेपाल सरकारसँग माग गरेको छ ।

विगत दुई वर्ष अगाडिदेखि कोभिड–१९ का कारण विद्यालय नियमित नखुल्दा पठनपाठनले गति लिन नसकेको र विद्यार्थीमा पढ्ने लेख्ने अभ्यास हराउँदै जान थालेकाले नियमित पढाइ सञ्चालन गर्न महासङ्घले माग गरेको हो ।

महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मुक्तानले आइतबार विज्ञप्ति जारी गरी बालबालिकाको सिकाइ निरन्तरतामा नोक्सानी भइरहेका अवस्थामा झनै हप्तामा दुई दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय सिकाइ निरन्तरता र गुणस्तरीय शिक्षा प्रतिकूल हुने भएकाले निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।

सरकारले इन्धन बचतका लागि यही जेठ १ गतेदेखि शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयन गरेपछि शिक्षालयमा पनि आइतबार बिदा हुन थालेको हो । निजी विद्यालयले भने आफूखुसी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थले बजेट दिएनः शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मको दिवा

दार्चुलाको मार्मा गाउँपालिकाले एमबिबिएस अध्ययन गर्न १० लाख छात्रवृत्ति दिने

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेका एक उत्कृष्ट विद्यार्थीलाई

कक्षा ११ र १२ को शिक्षा नेपालमै उत्कृष्ट

काठमाडौं । कक्षा ११ र १२ तहमा नेपालमै उत्कृष्ट शिक्षा उपलब्ध भएकाले राम्रो

एसीसीए नेपालद्धारा वार्षिक भेला सम्पन्न

काठमाण्डाै, एसीसीए नेपालद्धारा गत शनिबार बुढानिलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा आफ्ना सदस्यहरुको उपस्थितिमा