काठमाडौं विश्वविद्यालयमा ‘मास्टर्स इन बिजनेश एण्ड इकोनोमिक्स’ सुरु



काठमाडौं । काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले अन्तर्राष्ट्रियस्तरको नयाँ कार्यक्रम ‘मास्टर्स इन विजनेश एण्ड इकोनोमिक्स’को सुरुवात गरेको छ ।

ललितपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका डीन प्रा देवी विडारीले अन्तर्राष्ट्रिय जगत्मा अर्थशास्त्र विधामा भएका नवीन खोज तथा अनुसन्धानलाई व्यवस्थापन शिक्षासँग समायोजन गरी भविष्यमा मुलुकलाई चाहिने व्यापार–अर्थशास्त्रका विज्ञ उत्पादन गर्न उक्त कार्यक्रम प्रारम्भ गरिएको जानकारी दिए ।

नेपालमा पहिलोपटक उक्त कार्यक्रम सुरु गरिएको उल्लेख गर्दै उनले विश्वका अन्य मुलुकमा पनि उक्त कार्यक्रम सञ्चालन भइरहेको तथा तीमध्ये प्रतिष्ठित हार्वर्ड विश्वविद्यालय, लण्डन विश्वविद्यालय र दिल्ली विश्वविद्यालयमा अध्यापन भइरहेको जानकारी दिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बैंक, वित्तीय संस्था, उद्योग–व्यवसाय तथा व्यापारिक निर्णयका लागि विश्लेषणात्मक क्षमतायुक्त जनशक्ति उत्पादनको लक्ष्यका साथ उक्त कार्यक्रम सुरु गरिएको उनले बताए ।

कूल ६६ क्रेडिटको दुईवर्ष अवधिको उक्त कार्यक्रम चार सेमेष्टरको हुने तथा अर्थशास्त्र, व्यवस्थापन, विज्ञान र इञ्जिनियरिङ सङ्कायमा स्नातक तहमा ५० प्रतिशत वा २ जिपीएसहित उत्तीर्ण विद्यार्थी भर्नाका लागि योग्य हुने विडारीले जानकारी दिए । उक्त कार्यक्रम पूरा गर्न पाँच लाख ५० हजार लाग्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

  काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित

गोरखाका पाँच पालिकाको निर्णयः सार्वजनिक पद धारण गरेका व्यक्तिले सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्ने

गोरखा । गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य

गोरखा नगरपालिकामा सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा

गोरखा । गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा