वैकल्पिक सिकाइ सुनिश्चिततापछि मात्रै विद्यालय बन्द गर्न महासंघको आग्रह



काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले वैकल्पिक माध्यमको सिकाइ सुनिश्चितता गरेर मात्रै विद्यालय बन्द गराउन आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले बुधबार विज्ञप्ति जारी गरी कोभिड–१९ को महामारीको पुनः प्रभावको स्थितिमा विद्यालयलाई सुरक्षित सिकाइको थलो बनाउन नेपाल सरकार र राजनीतिक दलको ध्यान नपुगेकामा दुःख व्यक्त गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा यही पुस २७ दखि माघ १५ गतेसम्म विद्यालय बन्द गराउने निर्णय गरेको थियो ।

बालबालिकाहरु लामो समयदेखि प्रभावित रहेकाले विद्यालय बन्द गर्नुपर्ने अवस्थामा वैकल्पिक माध्यमको सिकाइ सुनिश्चित गर्न विद्यालय व्यवस्थापन समितिहरुलाई महासङ्घले आग्रह गरेको छ ।

सिकाइ निरन्तरताका लागि वैकल्पिक सिकाइ गतिविधिहरु प्रभावकारी रुपमा सञ्चालनमा ल्याउनका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारको ठोस नीति, निर्देशन र कार्यक्रम सार्वजनिक हुनुपर्ने महासङ्घले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं विश्वविद्यालयमा ‘मास्टर्स इन बिजनेश एण्ड इकोनोमिक्स’ सुरु

काठमाडौं । काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले अन्तर्राष्ट्रियस्तरको नयाँ कार्यक्रम ‘मास्टर्स इन विजनेश

के छ ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालनको कार्यविधिमा(पूर्णपाठसहित)

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ । शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ

सगरमाथा इन्जिनीयरिङ कलेज र र ‘इयुटी प्लस एलायन्स’ बीच सम्झौता

काठमाडौं । सगरमाथा इन्जिनियरिङ कलेज, सानेपा, ललितपुर र युरोपियन युनिभर्सिटी अफ टेक्नोलोजी (ईयुटी)