करारका जनशक्ति स्थायी गर्ने त्रिविको निर्णयको विद्यार्थी संगठनद्वारा विरोध



काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत जनशक्तिलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउन तयारी गरेकामा विभिन्न विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् ।

विद्यार्थी सङ्गठनले विज्ञप्ति जारी गरी नयाँ पुस्ताका प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन भइसकेको अवस्थामा त्यसलाई दुरुत्साहन हुनेगरी त्रिवि सेवा आयोगको नियमविपरीत राज्यलाई झण्डै एक अर्ब पाँच करोड बढी भारपर्ने गरी हुने आन्तरिक प्रतियोगिताको निर्णय खारेज गर्न माग गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा यही मङ्सिर १४ गते भएको त्रिविसभाको बैठकले १० वर्षदेखि करारमा रहेका अध्यापकलाई स्थायी गर्ने निर्णय गरेको थियो ।

“विनाप्रतिस्पर्धा नै त्रिविको प्राध्यापक र कर्मचारी बन्न पाउनुपर्ने माग आफैँमा अप्राकृतिक, अनैतिक, अशोभनीय र हास्यास्पद छ”, विज्ञप्तिमा भनिएको छ, “हामी सो निर्णय खारेज गरी आम शैक्षिक युवाले प्रतिस्पर्धा गर्ने पाउने गरी विज्ञापन खुलाउन माग गर्दछौँ ।”

विज्ञप्तिमा नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंह, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका महासचिव आरती लामा, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल (छैटौँ) का अध्यक्ष देवेन्द्र कुँवरलगायतले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
माघ १६ गतेदेखि २० गतेसम्म विद्यालयमा खोप अभियान संचालन गर्ने

काठमाडौँ । सरकारले माघ ७ गतेदेखि सार्वजनिक स्थानमा हिँड्डुल गर्दा खोप कार्ड अनिवार्य

काठमाडौं विश्वविद्यालयमा ‘मास्टर्स इन बिजनेश एण्ड इकोनोमिक्स’ सुरु

काठमाडौं । काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले अन्तर्राष्ट्रियस्तरको नयाँ कार्यक्रम ‘मास्टर्स इन विजनेश

के छ ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालनको कार्यविधिमा(पूर्णपाठसहित)

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै

वैकल्पिक सिकाइ सुनिश्चिततापछि मात्रै विद्यालय बन्द गर्न महासंघको आग्रह

काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले वैकल्पिक माध्यमको सिकाइ सुनिश्चितता गरेर