इलाममा मेडिकल कलेज निर्माण हुने



इलाम । इलाममा मेडिकल कलेज निर्माण गर्न स्वास्थ्य मन्त्रालय सहमत देखिएको छ । मन्त्रालयबाट आएको एक टोलीले इलाम अस्पताललाई आधार बनाएर त्यस आसपासको क्षेत्रमा मेडिकल कलेज बनाउन सहमति दिएको हो ।

मन्त्रालयको टोली र अस्पताल विकास समितिबीच भएको बैठकले इलाम नगरपालिकालाई मेडिकल कलेजका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न जिम्मेवारी दिएको जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले जानकारी दिए ।

“सबै नयाँ व्यवस्थापन गर्नुभन्दा अहिले सञ्चालन भइरहेको अस्पतालको स्तर वृद्धि गरेर त्यसलाई आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्दा सहज हुने पनि देखियो”, बरालले भने, “तर इलाममा मेडिकल कलेज निर्माण गर्ने ग्यारेन्टी मन्त्रालयले दिनुपर्छ भन्ने हाम्रो प्रस्ताव छ । नत्र व्यवस्थापन गरिएको जग्गा अलपत्र पर्नसक्छ ।”

मेडिकल कलेजका लागि ५०० रोपनी जग्गा आवश्यक पर्ने जनाइएको छ । यसैबीच इलाम नगरपालिकाको सोमबार बसेको नगरकार्यपालिका बैठकले मेडिकल कलेज सञ्चालनका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।

इलाम–९ का वडाध्यक्ष श्यामकृष्ण घिमिरेको संयोजकत्वमा जग्गा व्यवस्थापन समितिसमेत गठन गरिएको नगरपालिकाले जनाएको छ । वडाध्यक्षको संयोजकत्वमा विभिन्न सरोकारवाला सङ्घसंस्थासहितको जग्गा व्यवस्थापन समिति गठन गरिएको नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

म्याग्दी। विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक विद्यालयका विद्यार्थीले यस

त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

आजबाट एसइई परीक्षा, पाँच लाख चार हजार परीक्षार्थी सहभागी

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट शुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष