नेपालको उच्च शिक्षाको विकासका लागि विश्व बैंकको ६० मिलियन डलर बराबरको सहयोग



काठमाडौं । नेपालको उच्च शिक्षा सुदृढ पार्नका लागि विश्व बैंकले ६० मिलियन डलर बराबरको सहयोग गर्ने भएको छ । शुक्रवार बसेको बैंकको कार्यकारी निर्देशकहरुको बोर्डको बैठकले नेपालको उच्च शिक्षाको गुणस्तर बढाउन तथा अनलाईन सिकाई तथा शैक्षिक संस्थामा शिक्षाबाट वञ्चित समुदायका विद्यार्थीहरुको पहुँच बढाउनका लागि सो बराबरको रकम सहयोग गर्ने निर्णय गरेको हो ।

’कोभिड–१९ पान्डेमिकले मानव पुजी विकासको निर्माण तथा प्राथमिकताको महत्वलाई पुष्टि गरेको छ,’ बैंकका मालदिभ्स, नेपाल र श्रीलंक हेर्ने निर्देशक फारिस हदद जर्भोसले भनेका छन्, ’ उच्च शिक्षाको गुणस्तर बढाउँदै श्रम बजारको माग बमोजिम विद्यार्थीहरुलाई सिप विकासमा सहयोग गर्दा नेपालको कोभिड–१९ पछिको पुनर्उथ्थान र यसको चलायमानलाई सुदृढ गराउनका लागि सहयोग पुग्नेछ।’

विश्व बैंकले उच्च शिक्षा सुधारका लागि नतिजा उन्मउक उच्च शिक्षा सम्बन्धी विकास कार्यक्रम चलाउने छ। नेपालको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनमा ल्याउने यो कार्यक्रमले श्रम बजारको माग बमोजिम अनुसन्धान र व्यवसायीक शिक्षालाई योग दान गर्ने छ ।

कोभिड–१९ पाण्डेमिकले अनलाइन शिक्षालाई बढाएको भन्दै यो कार्यक्रमले देशभरका विश्वविद्यालयलाई सहयोग गर्ने जनाएको छ । विश्व बैंकले यो कार्यक्रमका लागि अर्यालसहित शिरो नाकाटा, ताजिन फसिहलाई टिम लिडर बनाएको छ। यो कार्यक्रम अनुसार लक्षित विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षा मन्त्रालयद्वारा विदेशमा अध्ययन स्वीकृति सेवाबारे छानबिन गर्न समिति गठन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा पढ्न जाने विद्यार्थीका लागि दिइँदै

आन्दोलनका कारण मध्यपश्चिम विश्वविद्यालयको परीक्षा अनिश्चित

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतका केन्द्रीय क्याम्पसमा प्राध्यापक तथा विद्यार्थी सङ्गठनको जारी आन्दोलनका कारण

स्थानीय तहमा अनुमतिविनै विद्यालय सञ्चालन

दमौली । कोभिड–१९ जोखिमका बीचमा तनहुँका केही स्थानीय तहमा विद्यालय सञ्चालनमा आएका छन्

त्रिभुवन विश्वविद्यालयमा अब ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको पढाइ हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा