६६ जिल्लाका आधारभूत विद्यालयमा इन्टरनेट जडान गरिने



काठमाडौं । सरकारले ६६ जिल्लाका आधारभूत विद्यालयमा ‘ब्रोण्डब्याण्ड इन्टरनेट’ पुर्याउने भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ती विद्यालयमा इन्टरनेट सेवा जडान तथा सञ्चालनको तयारी थालिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबार सूचना जारी गरी ती जिल्लाका स्थानीय तहलाई समझदारी पत्रमा हस्ताक्षर गर्न आग्रह गरेको छ ।

सूचना अनुसार विनाशकारी गोरखा भूकम्पबाट अति प्रभावित काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुंगा र काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर बाहेकका जिल्लाका सबै आधारभूत विद्यालयमा इन्टरनेट जडान हुने जनाइएको छ । सूचनामा १५ दिनभित्र समझदारी पत्रमा हस्ताक्षर गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री भट्टराई

  काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पठन संस्कृतिको विकासमा राष्ट्रिय

न्याम्सअन्तर्गत शिक्षक दरबन्दी थप्ने निर्णय

काठमाडौँ  । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा

बाढीपहिरोले काभ्रेका ९२ विद्यालयमा क्षति

काभ्रे । गत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति

नेपालगंजस्थित त्रिविको परीक्षा नियन्त्रण क्षेत्रीय कार्यालय कोहलपुरमा स्थानान्तरण

नेपालगंज । नेपालगंजस्थित महेन्द्र बहुमुखी क्याम्पसमा रहेको त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय