अहिलेको शिक्षा नीतिले निजी क्षेत्रलाई अपहेलना गरेको प्याब्सन अध्यक्ष पुरीको गुनासो



बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले अहिलेको शिक्षा नीतिले निजी क्षेत्रलाई अपहेलना गरेको बताएका छन् । प्याब्सनको १७ औं साधारण सभाको शुक्रबार बुटवलमा उद्घाटन गर्दै उनले हल्ला गर्ने भन्दा पनि विद्यालय बचाउन आफूहरु संस्थागत र नीतिगत रुपमा लागि परेको बताए ।

नेपालको निजी क्षेत्रले शिक्षामा पुर्याएको योगदानका बारेमा सरकार पक्षलाई बुझाउने प्रयास भइरहेको भन्दै उनले शिक्षा नीति परिवर्तन गर्न प्याब्सनले पहल गरिरहेको बताए । प्राविधिक र ब्यावसायिक शिक्षामा रहेको विभेद हटाउन अहिलेको सरकार लचक भएको उनले बताए ।

प्राविधिक शिक्षामा निजीको पहुँच नहुनु, जनप्रतिनिधिहरुले आफना बालबालिकाहरुलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने, ठूलो रकम पालिका र प्रदेशलाई तिर्नुपर्ने जस्ता नीति र प्रावधान आउनु गलत भएको उनको भनाइ थियो ।

सबै निजी विद्यालयको आर्थिक अवस्था एउटै नहुँदा सरकारी सेवासुविधा शिक्षकहरुलाई दिनुपर्ने, सरकारबाट कक्षा १० सम्म निशुल्क शिक्षाको कुरा कार्यान्वन गर्न नसक्ने भन्दै अब्यवहारिक नीति हटाउनुपर्ने उनले बताए ।

प्याब्सनबाट सामाजिक सुरक्षा कोषमा जान चाहनेलाई बाटो खोलेको उनको भनाइ थियो । सरकारको यो नीतिमा रोजगारदाता र रोजगारकर्ता दुबै पक्ष खुशी नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षा मन्त्रालयद्वारा पूर्वमन्त्री महतोले ५ हजार घुस दिएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौँ । शिक्षा मन्त्रालयले पूर्वमन्त्रीले ५ हजार घुस दिएको विषयमा छानबिन गर्न समिति

काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा ८ हजार १९७ जना विद्यार्थी उत्तीर्ण, पुनर्योगका लागि ३ दिनको म्याद

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले कक्षा ११ को छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक

शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : शिक्षामन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता

विश्वविद्यालयका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्छ : शिक्षामन्त्री भट्टराई

पाटन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयसँग भएका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्छ