शिक्षामन्त्री भन्छन् -विश्वविद्यालयलाई अनुसन्धान गर्ने थलोका रुपमा विकसित गर्नुपर्छ



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयलाई प्राज्ञिक उन्नयन र अनुसन्धान गर्ने थलोका रुपमा विकसित गर्नुपर्ने बताएका छन् ।

नेपाल प्राध्यापक सङ्घद्वारा आइतबार आयोजित प्रमाणपत्र वितरण तथा कार्यभार हस्तान्तरण समारोहमा उनले विश्वविद्यालयलाई राजनीतिक महत्वकांक्षा पूरा गर्ने थलो बनाउन नहुने बताएका हुन् । मन्त्री पोखरेलले उच्च शिक्षा विधेयक , प्राविधिक तथा व्यावसायिक शिक्षा विधेयक सैद्धान्तिक सहमतिको लागि मन्त्रिपरिषद्मा गएको जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले आगामी दिनमा विश्वविद्यालयलाई ज्ञान तथा अनुसन्धनात्मक थलोका रुपमा विकास गर्न सबै मिलेर लाग्नुपर्ने बताए ।

गत कात्तिक ३० गते सङ्घको निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनबाट अध्यक्षमा प्रा डा बुद्धबहादुर थापा क्षेत्री, उपाध्यक्ष डा रमेशकुमार जोशी, महासचिव नरेन्द्रप्रसाद शिवाकोटी, सचिव वैकुण्ठप्रसाद खनाल र कोषाध्यक्षमा देवराज अवस्थी निर्वाचित भएका थिए ।

त्यसैगरी सदस्यमा डा उदयकिशोर तिवारी, गणेश पाण्डेय, डिल्लीप्रसाद पाण्डेय, तोरणदीप धिताल, नेत्रप्रसाद न्यौपाने, भूमा शर्मा पाण्डे, भोजराज शर्मा, राजकुमार सुवेदी, शेरबाहदुर गुरुङ, पर्शुराम कोइराला, प्रा डा जगतबहादुर सिंह, प्रा डा राजनारायण यादवलगायत सदस्यमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आफ्नो अधिकारका लागि शिक्षकहरु सडकमा आउन बाध्य हुनु दुर्भाग्यपूर्णः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षकहरुका माग व्यवहारिक भएकाले सम्बोधन

सरकार र आन्दोलनरत शिक्षकबीच शुक्रबार फेरि वार्ता हुने

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीचको बैठक बिना निष्कर्ष टुंगिएको छ । बिहीबार

रास्वपाले भन्यो-शिक्षा विधेयकमा हामी संशोधन हाल्छौं, विद्यालय बन्द नगर्नु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आन्दोलनरत शिक्षकहरूलाई

‘गुरु’हरु सडकमा उत्रिएपछि…

काठमाडौं । सामुदायिक विद्यायका शिक्षकहरूले आन्दोलनका कारण नयाँबानेश्वर माइतीघर क्षेत्रको सवारी आवागमन अस्तव्यस्त