प्रदेश दुईमा चाँडै प्राविधिक विश्वविद्यालय स्थापना हुने



जनकपुरधाम । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश दुईमा चाँडै प्राविधिक विश्वविद्यालय स्थापना हुन लागेको बताएका छन् । नेपाल तराई इन्जिनियर्स एशोसिएशनले जनकपुरमा शनिबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् ।

उनले प्राविधिक विश्व विद्यालय स्थापनाको लागी गृहकार्य अन्तिम चरणमा रहेकोले यसै महिना विधेयक सदनमा प्रस्तुत हुने जानकारी दिए । केन्द्रको गिद्धे दृष्टिका कारण प्रदेश नं. २ को शैक्षिक विरासतमा ह्रास आएको उल्लेख गर्दै उनले पुरानो गरिमालाई पुनः स्थापित गर्न सबै पक्षलाई सहयोग गर्न आग्रह गरे ।

मुख्यमन्त्री राउतले प्रदेशलाई प्राविधिक शिक्षाको हव बनाउने प्रदेश सरकारको घोषणा अनुरुप प्राविधिक शिक्षा विधेयक सदनमा छलफलको क्रममा रहेको जानकारी दिँदै विधेयक पारित भए लगतै एक पालिका एक प्राविधिक विद्यालय स्थापनाको काम शुरु हुने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्यालय तहका पाठ्यक्रममा यौन शिक्षा आवश्यक

काठमाडौँ । यौन तथा प्रजनन स्वास्थ्यका विषयमा विद्यालय तहबाट शिक्षा दिन सके यसको

प्याब्सन एकल गायन प्रतियोगितामा उप्रेती प्रथम

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काठमाडौँ महानगरपालिकाले आयोजना गरेको

विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार, २०२५ को शीर्ष १०मा कोपिला भ्याली

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित कोपिला भ्याली स्कुल ‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार-२०२५’ को शीर्ष

झोलुङ्गे पुलले विद्यार्थी आवतजावतमा सहज

दाङ । दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने घोसखोलामा पुल