कर्णाली स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानको शिक्षाध्यक्षमा तीन चिकित्सक सिफारिश



काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानको रिक्त शिक्षाध्यक्ष पदमा तीन जना चिकित्सकलाई सिफारिश गरिएको छ ।

प्रतिष्ठानका कुलपति प्राडा राजेन्द्रराज बाग्लेले प्रतिष्ठानमा कार्यरत प्राडा निरेश थापासहित डा भरतमणि पोखरेल र डा बद्रीप्रसाद बडूलाई सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसमक्ष बिहीबार सिफारिश गरेका हुन् ।

जनरल प्राक्टिसमा एमडी र स्त्रीरोगको क्यान्सर विषयमा विद्यावारिधि गरेका प्राडा थापा विगत ६ वर्षदेखि प्रतिष्ठानका कार्यरत छन् ।

सहकुलपति ढकालले तीन जनामध्येबाट नयाँ शिक्षाध्यक्ष नियुक्त गर्नुहुने प्रतिष्ठानको ऐनको प्रावधान रहेको छ । शिक्षाध्यक्षको कार्यकाल चार वर्षको रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटबाट एक अर्ब ५४ करोड बजेट स्वीकृत

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३औँ सभाको साधारण बैठकले आगामी आर्थिक वर्षका लागि एक

मध्यपश्चिम विश्वविद्यालयको  एक अर्ब ३६ करोडको बजेट पारित

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको  १७ औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि एक

भानु–जयन्तीको पूर्वसन्ध्यामा पाणिनी छन्दसाँझ आयोजना

काठमाडौँ । काठमाडौंका पेप्सीकोलास्थित पाणिनी विद्यालयले यसवर्ष पनि भानुजयन्तीको पूर्वसन्ध्यामा छन्दसाँझ कार्यक्रम आयोजना

म्याग्दीका छ वटा विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका छवटा सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना भएको छ । धवलागिरि