त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहमा १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहबाट १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित भएका छन् । पुल्चोक क्याम्पसमा आयोजना भएको त्रिविको दीक्षान्त समारोहबाट सबैभन्दा बढी व्यवस्थापन संकायका ३ हजार ७०३ जना विद्यार्थी दीक्षित भएका छन् ।

यसैगरी मानविकी संकायतर्फ २ हजार ९१, ईञ्जीनियरिङ्गमा १ हजार १८६, विज्ञानतर्फ १ हजार ९८ र चिकित्सा तर्फ ८६४ जना विद्यार्थीहरु दीक्षित भएका छन् । त्यसैगरि कानुनमा १८०, वन विज्ञानमा ३३, कृषि तथा पशु विज्ञानमा १३२, शिक्षामा ७७१, जना स्नातकोत्तर र स्नातक तह उत्तिर्ण विद्यार्थी दीक्षित भएका हुन् । यस्तै विद्यावारिधि (पीएचडी.) मा ८५ र एमफीलमा ४० जना दीक्षित भएका छन् ।

त्रिविले विभिन्न संकायमा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पदक समेत प्रदान गरेको छ । समारोहमा सहभागि सहकुलपति तथा शिक्षामन्त्री गिरीराजमणी पोखरेलले शिक्षालाई समृद्धिको एउटा पूर्वाधारका रुपमा अगाडी बढाउन पहल भइरहेको बताए ।

समारोहमा बंगलादेशको ढाका विश्वविद्यालयका उपकुलपति प्रा.डा. मोहम्मद अख्तरुज्जमानको पनि सहभागिता रहेको थियो । यो वर्ष दीक्षान्त समारोहमा सहभागी हुन ७० हजार ७७ विद्यार्थी योग्य भए पनि १० हजार १८३ विद्यार्थीले मात्र फाराम भरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटबाट एक अर्ब ५४ करोड बजेट स्वीकृत

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३औँ सभाको साधारण बैठकले आगामी आर्थिक वर्षका लागि एक

मध्यपश्चिम विश्वविद्यालयको  एक अर्ब ३६ करोडको बजेट पारित

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको  १७ औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि एक

भानु–जयन्तीको पूर्वसन्ध्यामा पाणिनी छन्दसाँझ आयोजना

काठमाडौँ । काठमाडौंका पेप्सीकोलास्थित पाणिनी विद्यालयले यसवर्ष पनि भानुजयन्तीको पूर्वसन्ध्यामा छन्दसाँझ कार्यक्रम आयोजना

म्याग्दीका छ वटा विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका छवटा सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना भएको छ । धवलागिरि