मनमोहन प्राविधिक विश्वविद्यालयलाई दायित्व हस्तान्तरण



विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिकामा अवस्थित मनमोहन स्मृति पोलिटेक्निकको दायित्व तथा सम्पत्ति ‘मनमोहन प्राविधिक विश्वविद्यालय’लाइ हस्तान्तरण गरिएको छ । पोलिटेक्निकका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रदेश नं १ का सामाजिक विकासमन्त्री एवं मनमोहन प्राविधिक विश्वविद्यालयका सहकुलपति जीवन घिमिरेलाई दायित्व तथा सम्पति हस्तान्तरण गरेका हुन् ।

मुलुकलाई चाहिने जनशक्ति उत्पादन हेतुले पोलिटेक्निकलाई प्रदेशसभाको बहुमत सदस्यले विश्वविद्यालय बनाउन गत असोज ६ गते विधेयक पारित भई ऐनको रुपमा प्रमाणीकरण भइसकेको छ । विश्वविद्यालयमा तीन तह आधारभूत, माध्यमिक र उच्च तहको दक्ष जनशक्ति उत्पादन हुनेछ ।

विश्वविद्यालको हालसम्म अचल सम्पत्ति २० बिघा १९ कट्ठा जग्गामा ३१ वटा भवन गरी कूल दुई अर्ब एक करोड ६४ लाखको सम्पत्ति रहेको छ । विसं २०६० मा भारत सरकारको सहयोगमा स्थापना भएको पोलिटेक्निकको रुपमा रहँदा ३० जिल्लाका एक हजार ४६० विद्यार्थीले विभिन्न छ विधाको इञ्जिनीयरिङमा स्नातक उत्तीर्ण गरिसकेका छन् ।

उत्पादित विद्यार्थीमध्ये ९३३ स्वदेश तथा विदेशमा काम गरिरहेको प्राचार्य सुभाषश्री पोखरेलले जानकारी दिए । पोलिटेक्निकमा हाल ६१७ विद्यार्थी अध्ययन गरिहरेका छन् भने पाँच हजार ५५० स्थानीयलाई सीपमूलक तालीम प्रदान गरेको छ । हस्तान्तरण समारोहमा उपप्रधानमन्त्री पोखरेलले उद्योगसँगको रोजगारी उपलब्ध गराउन पोलिटेक्निकले ठूलो भूमिका खेलेको बताउँदै जनसाझेदारीमा विश्वविद्यालय सञ्चालन हुने बताए ।

उनले मनमोहन अधिकारीको विचार, आदर्श र निष्ठालाई चिरस्थायी बनाउन मनमोहन प्रतिष्ठान स्थापना गरेको चर्चा गर्दै प्राविधिक र व्यावसायिक शिक्षा प्रदान गरी स्थानीयस्तरमा रोजगार बनाउने उहाँको सपना आज पूरा भएको स्मरण गरे । उपप्रधानमन्त्री पोखरेलले सरकारले सबै प्रदेशमा प्राविधिक विद्यालय स्थापना गरी ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत अन्य शिक्षा प्रदान गर्ने सोचलाई कार्यान्वयन गर्न यस विश्वविद्यालयले नेतृत्व गर्ने विश्वास व्यक्त गरे ।

उनले विश्वविद्यालयका उत्पादन हुने जनशक्ति स्वदेश तथा विदेशमा उपयोग हुनेमा जोड दिँदै विद्यालयले सन् २०३० का लागि गुरुयोजना बनाई कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । सामाजिक विकासमन्त्री घिमिरेले विश्वविद्यालय प्राविधिक र व्यावसायिक जनशक्ति उत्पादन गर्ने थलोको रुपमा रहने बताउँदै आगामी एक वर्षभित्र पठनपाठन शुरु गर्ने जानकारी दिए ।

प्राचार्य पोखरेल, प्रतिष्ठानलाई छ करोड प्रदान गर्ने दाता हरिप्रसाद काफ्ले र प्रतिष्ठानका सत्यनारायण चौधरीले यहाँ अध्ययन गरेका विद्यार्थीले मुलुकको विकासमा सहयोग पुर्याउने बताए । पोलिटेक्निकमा हाल १०३ शिक्षक र कर्मचारी कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाललाई मेडिकल शिक्षाको ‘हब’का रूपमा विकास गर्ने सरकारको तयारी

  काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले

शिक्षकलाई दलीय राजनीतिमा प्रयोग गर्नु शिक्षकको गरिमाको दुरूपयोग हो

सुमना श्रेष्ठ । साथीहरू पनि दलीय शिक्षक संगठन र शिक्षकहरू राजनीतिक दलमा रहने

‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप

यसरी रोक्न सकिन्छ शिक्षकहरूको दलीय आवद्धता

केशवप्रसाद भट्टराई । १. राज्य कानुनद्वारा संगठित सेवामा रहेका शिक्षक वा कर्मचारी कसैले