विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व वैंकले २ अर्ब ७४ करोड दिने



काठमाडौं । विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रमको लागि यो वर्ष पनि अनुदान सहायता उपलब्ध गराउने भएको छ । बुधबार अर्थ मन्त्रालयमा अर्थ सचिव राजन खनाल र विश्व बैंकका देशीय निर्देशक फरिस एच हादाद जेरोभ्स एक कार्यक्रमका बीच अनुदान सहायतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार विश्व बैंकले यो वर्ष विद्यालय क्षेत्र विकास कार्यक्रमको लागि २ अर्ब ७४ करोड १३ लाख उपलब्ध गराउने भएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तरगत यो वर्ष ७० लाख बिद्यार्थी, एकलाख असि हजार शिक्षक र तीस हजार बढी सामुदायिक विद्यालयमा रहेका प्रारम्भिक बाल विकास केन्द्रमा संचालन हुने सम्झौतामा उल्लेख छ ।

यस्तै बिश्व बैंकले नेपाली युवालाई स्वरोजगार बनाउन भन्दै युवा रोजगारीको लागि रुपान्तरण पहल परियोजना संचालन गर्न पनि अनुदान सहायता उपलब्ध गराउने भएको छ। यो परियोजना संचालनको लागि १३ अर्ब ६३ करोड अनुदान सहायता उपलब्ध गराउने भएको हो।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सहयोग पुग्नेगरी यो परियोजना संचालन हुनेछ। देश भरि ७५३ वटा रोजगार सेवा केन्द्रको स्थापना गरि एक लाख बढी युवालाई रोजगार दिने सरकारको लक्ष रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय तीन दिन बन्द

वीरगंज । अत्यधिक गर्मीका कारण वीरगन्ज महानगर क्षेत्रका विद्यालयको पठनपाठन तीन दिन बन्द

‘डिएण्डएडी यल्लो पेन्सिल’ अवार्ड नित्या रञ्जना लिपीलाई

  काठमाडौँ ।  ‘नित्या रञ्जना’ (रञ्जना युनिकोड) लिपीले ‘टाइप एण्ड लेटिरिङ्’ विधामा यस

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा सञ्चालित सबै

हुम्लाको अरनिको प्राविमा दुई विद्यार्थीलाई पढाउन तीन शिक्षक

    सिमकोट (हुम्ला) ।  हुम्लाको उत्तरी भेगको नाम्खा गाउँपालिका–५ यारीगाउँस्थित अरनिको प्राथमिक