इन्स्टिच्युट अफ क्राईसिस म्यानेजमेन्ट स्टडिज र जापानको कानागावा विश्वविद्यालयबीच सहकार्य हुने



काठमाडौं । संकट व्यवस्थापनमा स्नातकोत्तर र विद्यावारिधीका लागि नेपालको इन्स्टिच्युट अफ क्राईसिस म्यानेजमेन्ट स्टडिज (आईसिएमएस) र जापानको एक विश्वविद्यालयले सहकार्य गर्ने भएका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत आईसीएमएस र जापानको कानागावा विश्वविद्यालय अन्तर्गत इन्स्टिच्युट अफ क्राईसिस म्यानेजमेण्ट स्टडिजबीच यस्तो सम्झौता भएको हो ।

आईसिएमएसले काठमाडौमा पत्रकार सम्मेलन गरि सम्झौताबारे जानकारी गराएको हो । समझदारी अनुसार, इन्स्टिच्युट अफ क्राईसिस म्यानेजमेण्ट स्टडिजमा संकट व्यवस्थापन संकाय अन्तर्गत अध्ययनरत विद्यार्थी तथा प्रोफेसरहरुले जापान गएर अध्ययन अध्यापन गर्न सक्नेछन् ।

पत्रकार सम्मेलनमा कलेजका संस्थापक सदस्य डाक्टर गंगालाल तुलाधरले सम्झौताले अध्ययन कार्यक्रम साटासाटको साथै संकट व्यवस्थापनका विषयमा संयुक्त रुपमा अध्ययन अनुसन्धान गर्न सजिलो हुने जानकारी दिए ।

तुलाधरले कलेजले विद्यावारिधी पनि सुरु गरेको र जापानमा गएर विद्यावारिधी गर्न चाहनेका लागि सम्झौताले बाटो खुल्ला गरेको बताए । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त आईसिएमएसले संकट व्यवस्थापन विषयमा अध्यायन गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा दरबार हाई स्कुलका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

काठमाडौं । चीन सरकारले काठमाडौंको दरबार हाई स्कुललाई शैक्षिक सामग्री सहयोग उपलब्ध गराएको

त्रिवि सेवा आयोगद्वारा प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक गरी करिव ६ सयको माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदका लाग दरखास्त

न्यौपानेको अध्यक्षतामा गणित शिक्षा परिषद्मा नयाँ नेतृत्व

गण्डकी । गणित शिक्षा परिषद् तनहुँको छैटौँ जिल्ला अधिवेशनले नरेन्द्रनाथ न्यौपानेको अध्यक्षतामा नयाँ

२६ करोडको लागतमा कागेश्वरीस्थित कान्ति भैरव माध्यमिक विद्यालयको भवन निर्माण हुने

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा पुनर्निर्माण हुने काठमाडौं कागेश्वरीस्थित कान्ति भैरव माध्यमिक