त्रिविका नवनियुक्त उपकूलपति बास्कोटालाई काव्य स्कुलको वधाई



काठमाडौं । काव्य स्कुल नयाँबानेश्वरका संस्थापक सल्लाहकार एवम् त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ नाक, कान, घाँटी विशेषज्ञ प्रा.डा.धर्मकान्त बास्कोटालाई त्रिभुवन विश्वविद्यालयको उपकूलपतिमा नियुक्त गरेकोमा काव्य स्कुलका संस्थापकहरुले वधाई ज्ञापन गरेका छन् ।

काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटा, विद्यालयका संस्थापक निर्देशकहरु धर्मेन्द्र प्रकाश राजभण्डारी, सुनिलकुमार घर्ती, दिलिपथापा र प्रेमराज अर्यालले उपकूलपति बास्कोटलाई खादा लगाएर वधाई दिनुका साथै सफल कार्यकालको लागि शुभकामना दिए ।

काव्य टोलीसंगको भेटका क्रममा उपकूलपति बास्कोटाले त्रिविमा देखिएका कमी कमजोरीलाई क्रमशःसुधार गर्दै यथाशिघ्र त्रिवि सिनेट वैठक सञ्चाल नगर्न, त्रिविका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुबाट विभिन्न तह र संकायबाट उत्तीर्ण भएकाहरुको दीक्षान्त कार्यक्रम आयोजना गर्नुको साथै ति क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गराउने तयारी गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कक्षा १२ को ४० नम्बरका लागि अनलाइन परीक्षा हुने

काठमाडौं । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४०

कोरोनाका कारण तोडियो २२० दिन विद्यालय खुल्नुपर्ने मान्यता

काठमाडौं । कुनै वर्ष नेपाल बन्द वा हड्तालका कारण लामो समय विद्यालय बन्द

पोखरामा चट्टान र सुरुङ विषयको पढाइ शुरु

पोखरा । त्रिभुवन विश्वविद्यालय इञ्जिीनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा देशमै पहिलोपटक चट्टान

शिक्षामा प्रविधिको प्रयोग गरी बालबालिकालाई पढाइप्रतिको रुचि बढाउनुपर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रभावले विद्यालय बन्द रहे पनि