जयनेपाल हल नजिकबाट साढे दश लाख नगद सहित रामेछापका दुई युवक पक्राउ


काठमाडौं । प्रहरीले काठमाडौँबाट श्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले शनिबार राति श्रोत नखुलेको रकमसहित जयनेपाल हल नजिकबाट रामेछाप खाँडादेवी गाउँपालिका–५ घर भएका २७ वर्षीय दीपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठलाई पक्राउ गरेको उनीहरुको साथबाट प्रहरीले १० लाख ६३ हजार ८४० रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले हिटी पोखरीबाट नागपोखरीतर्फ जाँदै गरेको बा.प्र ०२–०५२ प ६९९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।