गोंगबु हत्याकाण्डकी आरोपी कल्पनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश



काठमाडौं । काठमाडौँ जिल्ला अदालतले कृष्णबहादुर बोहराको हत्या गरेको अभियोगमा पक्राउ कल्पना मुडभरी (पौडेल) लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ ।

न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । पौडेललाई सुन्धारास्थित जगन्नाथ देवलस्थित केन्द्रीय कारागार र पौडेलकी १५ वर्षीया छोरीलाई भक्तपुरस्थित बाल सुधार गृह पठाउने अदालतले आदेश दिएको छ ।

गोंगबूमा गत साउन २५ गते बोहराको हत्या गरी घाँटी र खुट्टा एउटा सुटकेस र शरीर अर्को सुटकेसमा रहेको अवस्थामा प्रहरीले फेला पारेको थियो । सोही घटनाका अभियुक्त पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महोत्तरीको मनरासिश्वामा लुटेरा समूहद्वारा घरधनीको हत्या, लाखौं लुटपाट

जलेश्वर । महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा शनिबार बिहान लुटेराहरूको एक समूहले

सूर्यदर्शन सहकारी ठगीमा जीबी राईसहित १९ जनाविरुद्ध पूरक अभियोग पत्र दर्ता

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईसहित १९ जनाविरुद्ध जिल्ला अदालत

काठमाडौंको सतुंगलमा युवती हत्या गरी फरार भएको आरोपमा एक युवक पक्राउ

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर १० सतुंगल खरिबोटमा डेरा गरी बस्ने

२६ लाख ५० हजार नगदसहित बत्तिसपुतलीबाट चारजना हुण्डी कारोबारी पक्राउ

काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा २६ लाख ५० हजार नगदसहित