युवतीमाथि तेजाब आक्रमण गर्ने अभियुक्तद्वयलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश



काठमाडौं। जिल्ला अदालत काठमाडौंले बाफलमा एक युवतीमाथि तेजाब आक्रमण गर्ने अभियुक्तद्वयलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेको छ ।

न्यायाधीश कृष्णजङ्ग शाहको बिहीबारको इजलासले तेजाब आक्रमण गर्ने भनिएका मोहम्मद आलम र फैयाज आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको अदालतका फैसला कार्यान्वयन अधिकारी सञ्जीव पोखरेलले जानकारी दिए ।

आदेशमा तेजाब पीडित ओखलढुङ्गाकी पवित्रा कार्कीलाई पीडित राहत कोषबाट दुई लाख राहत दिनसमेत भनिएको छ ।

अभियुक्तलाई गत साउन ८ गते कार्कीलाई बाफलमा सँगै खाजा खान बोलाएर तेजाब प्रहार गरी गम्भीर घाइते बनाएको अभियोग लागेको छ ।

कार्कीको हाल उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मानव बेचबिखन गर्न लागेको आरोपमा चितवनमा एक जना पक्राउ

चितवन । मानव बेचबिखनको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एक जनालाई पक्राउ गरेको

दुई किलो सुनसहित रसुवाबाट एकजना पक्राउ

रसुवा । रसुवामा दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् । कालिका

सहारा सहकारीको रकम अपचलनको अभियोगमा चितवनमा रविसहित १० जनाविरुद्ध जाहेरी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनको सहारा सहकारी ठगीको आरोपमा

मेडिकल व्यवसायी प्रसाईंलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राख्न अदालतले प्रहरीलाई अनुमति