१४ वर्षअघि सीतापाइलामा सुवेदी दम्पती हत्याका अभियुक्त पक्राउ



काठमाडौं । १४ वर्ष अगाडि काठमाडौंको सीतापाइलामा भएको दम्पती हत्याका आरोपी सर्लाही घर भएका जेके भनिने जयकिशोर साह पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३४ वर्षीय साहलाई असार २८ गते बाँकेबाट पक्राउ गरेको हो ।

पक्राउ परेका साहलाई सोमबार ब्युरोले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । २०६३ साल पुस २० गते सीतापाइलामा काठ मिल सञ्चालन गर्दै आएका ४५ वर्षीय नातिकाजी सुवेदी र उनकी श्रीमती सानु सुवेदीको हत्या गरी फरार भएका साहलाई बाँकेस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो ।

हत्यामा संलग्न अर्का आरोपी बाँकेका प्रताप राना भने अझै फरार रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डिआईजी सहकुल थापाले जनाकारी दिए । हत्या गरेपछि फरार रहेका दुवै जना भारतको लखनउ पुगेको र दुई वर्ष त्यहाँसँगै बसेपछि राना अन्यत्रै लागेको उाको भनाई छ। साहले भारतमा पुगेर जय शर्मा नामबाट भारतीय रासन कार्डसमेत लिएर बस्दै आएको प्रमुख थापाले जानकारी बताए ।

हत्याका आरोपी दुवै जना त्यही काठ मिलका कामदार हुन् । मिल सञ्चालक सुवेदीसँग भनाभन भएपछि २०६३ साल पुस २० गते राति छुरा प्रहार गरी सुवेदी दम्पतीको हत्या गरेका थिए । उक्त घटनाका बेला साह १५ बर्षका थिए ।

हत्या गरेपछि फरार रहेका दुवै जना भारतको लखनउ पुगेको प्रहरीले जनाएको छ । दुई वर्ष त्यहाँ सँगै बसेपछि राना अन्यत्रै लागेका थिए । साहले भारतमा पुगेर जय शर्मा नामबाट भारतीय आधार कार्ड समेत लिएर बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
झापामा गोली चलाएर दुई भारतीय लागुऔषध कारोबारी पक्राउ

झापा । कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय

बेलायत पठाइदिने भन्दै युवाहरुसँग ३७ लाख ५० हजार ठगी गरी फरार भएका व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा बेलायत पठाइदिने भन्दै युवाहरुलाई ठगी गरेको अभियोगमा एकजना पक्राउ

शिक्षक नियुक्तिमा अनियमितता गरेको अभियोगमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुल्मीको एक विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्षसहित

सट्टेबाजीमार्फत तीन अर्ब भन्दाबढी करोबारमा संलग्न २४ जना पक्राउ

काठमाडौँ । ‘बेटिङ एप्लिकेसन’मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अवैध अनलाइन जुवा (सट्टेबाजी) लगायतमा