१७ लाख रुपैयाँ घुससहित पक्राउ परेका नापी अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर



काठमाडौं । नापी कार्याल रुपन्देही, भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठसमेत ५ जना विरुद्ध अख्तियार दुरुपायोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

१७ लाख रुपैयाँ घुससहित पक्राउ परेका नापी कार्यालय, भैरहवा रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तिर्थराज भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालय भैरहवा, रुपन्देहीका नासु धर्मराज पन्थी र भुसाल लेखापढी व्यवसायी भैरहवा रुपन्देहीका लेखापढी व्यवसायी जीवन शर्माविरुद्ध अख्तियारले सोमबार विशेष अदालतम मुद्दा दायर गरेको हो ।

उनीहरुले सेवाग्राहीको जग्गाको कित्ताकाट र नामसारी गर्ने काममा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग पटक पटक घूस र रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले उनीहरुलाई १७ लाख रुपैयाँसहित पक्राउ गरेको थियो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको

प्रेस विज्ञप्ति:- मिति २०७७।०२।१९ गते।
———————————————
नापी कार्यालय, भैरहवा रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तिर्थराज भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालय भैरहवा, रुपन्देहीका ना.सु. धर्मराज पन्थी र भुसाल लेखापढी व्यवसायी भैरहवा रुपन्देहीका लेखापढी व्यवसायी जीवन शर्माले सेवाग्राहीको जग्गाको कित्ताकाट र नामसारी गर्ने काममा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग पटक पटक घूस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले नापी कार्यालय, भैरहवा रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तिर्थराज भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी तथा मालपोत कार्यालय भैरहवा, रुपन्देहीका ना.सु. धर्मराज पन्थी र भुसाल लेखापढी व्यवसायी भैरहवा रुपन्देहीका लेखापढी व्यवसायी जीवन शर्मा र मतियार राज कुमार अर्यालले एक आपसमा मिलिजुली बांडीचुंडी खाने मनसायले सेवाग्राहीसंगबाट रू.१७,००,०००।– (सत्र लाख) घूस/रिसवत लिईसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा साविक लेखनाथ २ कास्की वस्ने जग्गाधनी गंगादेवी पौडेलको नाउँमा कायम रहेको रुपन्देही साविक टिकुलीगढ ९क स्थित कित्ता नं. २५२,९२९,९३६,९४६,९२६ र ऐ. कार्यालय ऐ. मितिको टोकन नं. १४ को आदेशानुसार ऐ.ऐ. वस्ने जग्गाधनी स्वतन्त्र पौडेलको नाउँमा दर्ता कायम रहेको रुपन्देही ऐ.ऐ.स्थित कित्ता नं. ९४४, ९२५, ९४०, ९३७, ९३३ जग्गाहरूको राजीनामा प्रकृतिको कित्ताकाट र नामसारीको लागि लेखन्दास जीवन शर्मा, नापी कार्यालय रुपन्देही, भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठ, ऐ.ऐ. कार्यालयका नापी सर्भेक्षकहरू थानेश्वर चौधरी र तीर्थराज भण्डारी र मालपोत कार्यालय रुपन्देही, भैहरवाका नायव सुब्वा धर्मराज पन्थीले एकापसमा मिलेमतो र वाँडीचुँडी खानेलिने मनसायले निवेदक तथा सेवाग्राही पर्शुराम भण्डारीसँग घुस/रिसवतवापत जम्मा रू.१७,००,०००।– (रू.सत्र लाख) माग गरी उक्त घुस/रिसवत रकम लिन मञ्‍जुरसमेत गरी नापी र मालपोत कार्यालय, रुपन्देही, भैरहवाका उल्लिखित आरोपितहरूकै प्रत्यक्ष निर्देशनमा आरोपित लेखन्दास जीवन शर्माले लिएको र सो घुस रकम नै बरामद भएको पुष्‍टि हुन आएको देखिंदा उक्त कसुरमा संलग्न देहायबमोजिमका व्यक्तिहरुउपर देहायबमोजिम सजायको मागदाबी लिइएको छ ।

क) लेखन्दास जीवन शर्माले उल्लिखित जग्गाहरूको राजीनामा प्रकृतिको कित्ताकाट र नामसारीको लागि मालपोत तथा नापी कार्यालयमा पेश गर्नुपर्ने लिखत आफैले तयार गरी पेश गरी गराई उक्त कामको लागि उल्लिखित राष्ट्रसेवक कर्मचारीहरूबाट काम गराईदिनको लागि निवेदक पर्शुराम भण्डारीसँग घुस रिसवतवापतको रू.१७,००,०००।- रकम माग गरी उक्त रकम घुस रिसवतवापत लिन मन्जुरसमेत गरी आरोपित राष्ट्रसेवक कर्मचारीहरूको मिलेमतोमा निवेदकलाई उक्त घुस वापतको रकम दिन फोनमा कुराकानी तथा दवावसमेत दिई नापी र मालपोत कार्यालय रुपन्देही भैरहवाका उल्लिखित आरोपितहरूको निर्देशनमा विचौलियाको भुमिका खेली सो घुस रकम लिएको पुष्‍टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 3 (२) बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले निज लेखन्दास जीवन शर्मालाई बिगो रू.१७,००,०००।- (सत्र लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) तथा सोही दफाले निर्देश गरेअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

(ख) नापी कार्याल रुपन्देही, भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठ, नापी सर्भेक्षक थानेश्वर चौधरी र नापी सर्भेक्षक तीर्थराज भण्डारीले उल्लिखित जग्गाहरूको राजीनामा प्रकृतिको कित्ताकाट र नामसारीको लागि मालपोत कार्यालय रुपन्देही, भैरहवाका नायव सुब्वा धर्मराज पन्थीलाई समेत रू.५००,०००।–(पाँच लाख) दिनुपर्ने भनी निवेदक पर्शुराम भण्डारीसँग जम्मा रू.१७,००,०००।- घुस रकम माग गरी गराई विचौलिया लेखन्दास जीवन शर्मालाई दिन/लिन समेत लगाई निवेदकसँग घुस रिसवतवापत माग गरिलिएकोमा सो रकममध्ये रू.१२,००,०००।– (बाह्र लाख) रकम नापी कार्यालयमा कार्यरत उल्लिखित आरोपितहरूले एकापसमा भागवण्डा गरी मिलिजुली वाँडीचुँडी खाने मनसायले विचौलिया जीवन शर्मालाई मागगरी लिन लगाएको पुष्टि हुन आई निज आरोपितहरू नापी अधिकृत सरोज श्रेष्ठ, नापी सर्भेक्षक थानेश्वर चौधरी, नापी सर्भेक्षक तीर्थराज भण्डारीले भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 3 (1) बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले निज आरोपितहरू नापी कार्याल रुपन्देही भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठ, नापी सर्भेक्षक थानेश्वर चौधरी, नापी सर्भेक्षक तीर्थराज भण्डारीलाई बिगो रू.१२,००,०००।- (बाह्र लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

(ग) मालपोत कार्यालय भैरहवा रुपन्देहीका नायव सुब्वा धर्मराज पन्थीले उल्लिखित जग्गाहरूको राजीनामा प्रकृतिको कित्ताकाट र नामसारीको लागि मालपोत कार्यालय, भैहरवा, रुपन्देहीबाट गर्नुपर्ने नामसारी/लिखत पारितसमेतको प्रयोजनको लागि नापी कार्यालय रुपन्देही, भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठ, नापी सर्भेक्षक थानेश्वर चौधरी, नापी सर्भेक्षक तीर्थराज भण्डारीसमेतको मिलेमतो र संलग्नतामा विचौलिया लेखन्दास जीवन शर्मालाई जम्मा रू.१७,००,०००।–घुस रकम माग गरीलिन लगाई गराई निवेदकसँग घुस रिसवतवापत माग गरिलिएकोमा सो रकम मध्ये भागवण्डा गरी रू.५,००,०००।–(पाँच लाख) रकम निवेदकबाट घुस रिसवतवापत लिने खाने मनसायले निज नायव सुब्वा धर्मराज पन्थीले जीवन शर्मामार्फत मागगरी लिन लगाएको पुष्टि हुन आई निज मालपोत कार्यालय, रुपन्देही, भैरहवामा कार्यरत नायव सुव्वा धर्मराज पन्थीले ले भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 3 को उपदफा (1) बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले निज नायव सुव्वा धर्मराज पन्थीलाई बिगो रू.५,००,०००।- (पाँच लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका अधिकृत एकलाख २० हजार घुससहित पक्राउ

काठमाडौँ । कैलालीस्थित राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई

पर्वतमा जिसी दम्पती हत्यामा संलग्न पत्ता लगाउन प्रहरीलाई सकस

पर्वत । पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पतीको हत्या भएको बुधबार १७

लागू औषध मुद्दामा पाँच वर्ष कैद सजाय तोकिएका एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्

बैतडीमा एक बालिकाको बलात्कारपछि हत्या, काका पक्राउ

सुदूरपश्चिम । बैतडीमा एक बालिकाको हाडनाताकरणीपछि हत्या भएको खुलेको छ। जिल्लाको पुर्चौडी नगरपालिका–४